Homeबिबिधमाघे संक्रान्तिको विशेषता

माघे संक्रान्तिको विशेषता

बहुजाति, बहुभाषी, भौगोलिक विविधता र बहुसांस्कृतिक पहिचान बोेकेको नेपालमा एउटै पर्छलाई ठाउँ अनुसार फरक फरक किसिमले मनाउने गरिन्छ ।
त्यसै मध्येको एक हो माघे संक्रान्ति । माघे संक्रान्तिलाई विभिन्न जातजातिले आ–आफ्नो संस्कृति अनुसार विशेष महत्वका साथ मनाउने गरेका छन् ।
माघि अर्थात मकर संक्रान्तिका नामले चिनिने माघे संक्रान्तिलाई किरातहरुले नयाँ वर्षको रुपमा मनाउने गरेको पाइन्छ भने तराईका थारु समुदायले माघी पर्वका रुपमा मनाउँदै आएका छन् । नेपालको जुनसुकै भु–भागमा बस्ने, बाहुन, क्षेत्री, राई, लिम्बु, नेवार गुरुङ, मगर, थारु आदि सबै जनजातीले माघे संक्रातिलाई आफ्नै तरिकाले मनाउने गरेको पाइन्छ । जाडोेयाममा आउने माघे संक्रान्तिले जाडो यामको एक निश्चित परिवर्तनलाई संकेत गर्छ ।


सौरमानको पात्रोअनुसार वर्षमा बैशाखदेखि चैतसम्मका बाह्र महिना छन्। ज्योतिषशास्त्र अनुसार यी महिनाहरूमा मेषदेखि मीनसम्मका बाह्र राशीमा सूर्य रहने गर्दछ । सूर्यले एक राशीमा एक महिना बिताउने गर्दछ । यसरी नै सूर्य एक राशीबाट अर्को राशिमा प्रवेश गर्ने दिन अथवा महिनाको पहिलो दिनलाई संक्रान्ति भनिन्छ । यसैले माघ १ गतेलाई माघे संक्रान्ति भनिएको हो।
यो दिन सूर्य धनु राशीबाट मकर राशीमा प्रवेश गर्ने भएकाले मकर संक्रान्ति पनि भनिन्छ। सूर्य उत्तरायण हुने दिन यो दिन सूर्य दक्षिणायनबाट उत्तरायण हुने भएकाले (निरयण मान्यताअनुसार) यस दिनलाई महत्वका साथ हेर्ने गरिन्छ । अयन भनेको सूर्यको बाटो हो। सूर्य वर्षभरि दुई वटा बाटोमा हिँड्ने गर्छ दक्षिण र उत्तर भएर । यसैलाई दक्षिणायन र उत्तरायण भनिन्छ । साउने संक्रान्तिदेखि ६ महिना सूर्य दक्षिणतर्फ रहन्छ । यसैलाई दक्षिणायन भनिन्छ । माघे संक्रान्तिदेखि ६ महिना सूर्य उत्तरतर्फ रहने हुनाले यस अवधिलाई उत्तरायण भनिन्छ ।
यो दिन काठमाडौंमा सख्खर पकाएर मसला हाली बनाइएको चाकु, उसिनेको तरुल, तिलको लड्डु, मुरैको डल्ला, पालुंगोको तरकारी लगायतका पदार्थ खाने चलन छ ।
पहाडी भेगमा खिचडी, फुलौरा, सेल, सख्खर र तिलका परिकार बनाइन्छ ।
तराई–मधेशमा तिल र गुडका खानेकुरा बनाएर खाइन्छ । ‘माघे संक्रान्तिमा यस्ता पदार्थ खानुको अर्थ चिसो काट्छ भन्ने विश्वास गरिन्छ ।’
यो दिन घाममा बसेर तेल लगाउने चलन पनि छ । स्वास्थ्यका दृष्टिले यसलाई महत्वपूर्ण मानिएको छ । दोभान र त्रिवेणी स्नान माघे संक्रान्तिमा विशेषगरी त्रिवेणी (तीन नदीको संगम स्थल) र दोभान (दुई नदीको संगम) मा स्नानको महत्व छ ।
माघे संक्रान्तिको विशेषता एकघरमा पाकेको खानेकुरा छिमेकमा बाँडीचुडी खाने पनि हो । गाँउघरतिर विभिन्न परिकार पकाएर छिमेकमा पु¥याउने चलन छ । यसले सामाजिक सद्भाव बढाउने काम गर्छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
बिबिधमाघे संक्रान्तिको विशेषता
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img