Homeसमाचारमहेशपुरमा मनाइयो छैटौं योग दिवस

महेशपुरमा मनाइयो छैटौं योग दिवस

भद्रपुर १ माघ । झापाको महेशपुरमा “गरौं योग डटेर कोभिड जान्छ हटेर” भन्ने मुल नाराका साथ छैठौ राष्ट्रिय योग दिवस सम्पन्न गरिएको छ ।
जिल्ला प्रशासन कार्यलय झापा तथा आयुर्वेद स्वास्थ्य केन्द्र चन्द्रगढी झापाको संयुक्त आयोजना तथा पतञ्जली योगपीठको संयोजनमा विहिवार आयोजित योग दिवसमा जिल्ला समन्वय समितिका झापाका प्रमुख सोम पोर्तेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।


प्रमुख जिल्ला अधिकारी श्रवण कुमार तिमिल्सिनाको अध्यक्षता तथा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र झापाका बैध निरिक्षक मनोज पण्डितको संचालनमा सम्पन्न दिवसमा भद्रपुर नगरपालिका प्रमुख जीवनकुमार श्रेष्ठ तथा योग प्रशिशिक्षक कैलास डाँगीले योग अभ्यासका बारेमा प्रशिक्षण प्रदान गर्नु भएको थियो थियो ।
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका केन्द्र प्रमुख अनिल कुमार यादवले स्वागत मन्तव्य राखेको कार्यक्रममा झापाका ३ वटै सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि लगाएतका योग प्रशिक्षक तथा प्रशिक्षार्थीहरुको उल्लेखनीय मात्रामा सहभागीता रहेको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारमहेशपुरमा मनाइयो छैटौं योग दिवस
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img