Homeसमाचार१४ औं महाधिवेशनमा पार्टी सभापतिमा उम्मेद्वारी दिने गुरुङको घोषणा

१४ औं महाधिवेशनमा पार्टी सभापतिमा उम्मेद्वारी दिने गुरुङको घोषणा

विर्तामोड २८ पुस । नेपाली कांग्रेसका केन्द्रीय सदस्य कल्याण गुरुङले प्रधानमन्त्री के.पी. शर्मा ओलीको संसद विगठनको निर्णय असंवैधानिक र अपरिपक्व भएको बताउनु भएको छ ।
नेपाली कांग्रेस झापाको आयोजनामा विर्तामोडमा सम्पन्न कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै नेता गुरुङले प्रधानमन्त्रीले ब्यक्तिगत महत्वाकांक्षाका लागि संविधानमा ब्यवस्था नै नभएको धारा प्रयोग गरेर संसद भंग गर्नु संवैधानिक दृष्टिले असंवैधानिक र राजनीतिक रुपले अपरिपक्व निर्णय भएको बताउनुभएको हो ।
‘काम गर्न नपाएर संसद विगठन गर्नुपरेको’ भन्ने प्रधानमन्त्रीको अभिब्यक्तिलाई लक्षित गर्दै नेता गुरुङले प्रश्न गर्नुभयो–‘संसदले प्रधानमन्त्रीलाई कुन काम गर्न रोक्यो ? प्रमुख प्रतिपक्षी कांग्रेसले कुन काम गर्न रोक्यो ? एउटा मात्रै देखाउन म चुनौति दिन्छु ।’
कार्यपालिका, ब्यवस्थापिका र न्यायपालिकाबीच शक्ति सन्तुलनका हिसावले पनि कार्यपालिकाका प्रमुखले ब्यवस्थापिका संसद भंग गर्नै नसक्ने दावी गर्दै उहाँले भन्नुभयो–‘कसलाई प्रधानमन्त्री राख्ने वा नराख्ने ? कसलाई राष्ट्रपति बनाउने ? संवैधानिक निकायका प्रमुखमा कसलाई नियुक्ति गर्ने ? भन्ने अधिकार संसदले राख्छ । लोकतान्त्रिक प्रक्रियाबाट निर्वाचित अधिकार सम्पन्न संसद विगठनको अधिकार प्रधानमन्त्रीलाई कसले दियो ?’ संविधानमा प्रधानमन्त्रीले संसद विगठन अघि विश्वासको मत लिनैपर्ने संवैधानिक ब्यवस्था रहेको उहाँको भनाई थियो ।
संविधानको धारा १२८ को उपधारा (२)–ले संविधानको ब्याख्या गर्ने अन्तिम अधिकार सर्वोच्च अदालतलाई दिएको बताउँदै उहाँले नेपाली कांग्रेसले सर्वोच्चको फैसला संसद विगठनको पक्ष वा विपक्ष जे आए पनि कांग्रेसले स्वीकार गर्ने बताउनुभयो । लोकतन्त्रको कानुनी शासन र संवैधानिक सर्वोच्चताको कांग्रेसले सँधै सम्मान गर्ने पनि उहाँले स्पष्ट पार्नुभयो ।
नेपाली कांग्रेसले प्रधानमन्त्रीको असंवैधानिक कदमका विरुद्ध देशब्यापी आन्दोलन जारी राखेको बताउँदै उहाँले संसद पुनस्र्थापनाको माग, संगठन सुदृढिकरण, कांग्रेसको महाधिवेशन र निर्वाचनको पूर्वतयारी समेत सँगसँगै अघि बढाएको बताउनुभयो ।
नेपाली कांग्रेसको महाधिवेशन आगामी फागुनमै हुन नसकेपनि पार्टीको विधान र संवैधानिक ब्यवस्थाका कारण २०७८ भदौभित्रमा महाधिवेशन सक्नैपर्ने बाध्यता रहेको उहाँको स्पष्टोक्ति थियो ।
नेविसंघका पूर्व सभापति समेत रहनु भएका गुरुङले १४ औं महाधिवेशनमा आफूले पार्टी सभापतिमा उम्मेद्वारी दिने घोषणा समेत गर्नुभएको छ । केन्द्रीय सदस्य गुरुङले भन्नुभयो–‘सभापतिमा उम्मेद्वारी दिने कुरामा भगवानसंग बाहेक कसैसंग पनि सम्झौता गर्दिन ।’ आफ्नो टिमसहित महाधिवेशनमा सभापति पदमा उम्मेद्वारी दिने बताउनुभएका उहाँले टिमको टुङ्गो भने लागिनसकेको बताउनुभयो । कार्यक्रमको सञ्चालन नेपाली कांग्रेस झापाका सचिव प्रेम सम्बाहाम्फेले गर्नुभएको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचार१४ औं महाधिवेशनमा पार्टी सभापतिमा उम्मेद्वारी दिने गुरुङको घोषणा
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img