Homeसमाचारसमाचारजुडोका ५ खेलाडीलाई खेल पोशाक सहित न्यानो कपडा

जुडोका ५ खेलाडीलाई खेल पोशाक सहित न्यानो कपडा

भद्रपुर, २८ पुुुस । झापा जुडो विद्यालयमा अध्ययनरत झापाका ५ जना जुडो खेलाडीलाई न्यानो कपडा तथा खेल पोशाक प्रदान गरिएको छ । नेपाल जुडो संघका पूर्व महासचिव रामकुमार अधिकारीले आफ्नी आमाको स्मृति दिवसको अवसर पारेर दिइएको न्यानो कपडा र खेल पोशाक झापा जुडो संघ मातहतको विद्यालयमा आबद्ध खेलाडीलाई हस्तान्तरण गरिएको हो ।
हाल जापानमा रहेका अधिकारी म्यारोन ट्रेडिङ कम्पनीका म्यानेजिङ डाइरेक्टर पनि हुन् । सोही कम्पनी मार्फत जुडो खेलाडीलाई सहयोगगरिएको प्रशिक्षक गंगा खड्काले जानकारी दिए ।
जुडो संघ झापाका अध्यक्ष प्राध्यापक डाक्टर पृथ्वीविक्रम राईको अध्यक्षता तथा समाजसेवी गंगाप्रसाद ओलीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा भद्रपुर नगर शिक्षाका पूर्व शिक्षा अधिकारी उद्धव विष्ट, जुडो खेलाडी किरण काफ्ले लगायतले शुभकामना मन्तव्य राख्दै नेपाली खेल जगतमा जुडो खेलले इतिहास रच्दै गएको धारणा राखेका थिए ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारसमाचारजुडोका ५ खेलाडीलाई खेल पोशाक सहित न्यानो कपडा
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img