Homeमहिलामहिला उद्यमी संघको अध्यक्षमा भट्टराई

महिला उद्यमी संघको अध्यक्षमा भट्टराई

विर्तामोड २५ पुस । महिला उद्यमी संघ झापाको तेस्रो अधिवेशनबाट अध्यक्षमा नैनकला भट्ट्राई चयन हुनुभएको छ ।
संघको विर्तामोडमा सम्पन्न पाँचौं बार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनले भट्टराईलाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको हो । उहाँ यसअघि संस्थाको महासचिव हुनुहुन्थ्यो ।
त्यस्तै संस्थाको बरिष्ठ उपाध्यक्षमा यशोदा चापागाँई, उपाध्यक्षमा युनिता दवाडी, महासचिवमा सर्मिला अधिकारी, सहसचिवमा यमुना तिवारी र कोषाध्यक्षमा पुनम घिमिरे चयन हुनुभएको छ ।
त्यस्तै समितिका सदस्यहरुमा सिता काफ्ले, विना दाहाल, पूजा सुब्बा र मंगलमाया केरुङ चयन भएको नवनिर्वाचित अध्यक्ष नैनकला भट्टराईले जानकारी दिनुभयो ।


यसअघि संस्थाका अध्यक्ष गोमा भट्टराईको अध्यक्षता तथा सांसद जसमाया गजमेरको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा एक्सेल वर्षोत्कृष्ट उद्यमी पुरस्कारबाट ढाका उद्यमी मंगलमाया केरुङलाई नगद १५ हजार १ सहित पुरस्कृत गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि गजमेर, एक्सेल डेभलपमेन्ट बैंकका कार्यकारी प्रमुख दिनेश पोख्रेल, विर्तामोड नगरपालिका कार्यपालिका सदस्य यमुना आचार्य, नेपाल पत्रकार महासंघ झापाका कार्यवाहक अध्यक्ष एकराज गिरी, नारी सञ्चार गृह झापाका अध्यक्ष भीमा शिवाकोटी, कञ्चनजंघा एफएमका समाचार सम्पादक केशव भट्टराई लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
उपाध्यक्ष शुष्मा भण्डारीले स्वागत गरेको कार्यक्रमको सञ्चालन महासचिव नैनकला भट्टराईले गर्नुभएको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
महिलामहिला उद्यमी संघको अध्यक्षमा भट्टराई
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img