HomeFeatured 2‘अस्वत्थामा’ वर्षोत्कृष्ठ कृति, दीर्घ साहित्य सम्मान भण्डारीलाई

‘अस्वत्थामा’ वर्षोत्कृष्ठ कृति, दीर्घ साहित्य सम्मान भण्डारीलाई

विर्तामोड २५ पुस । जयेन्द्रप्रसाद प्रसाई साहित्य सेवा कोषद्वारा प्रत्येक वर्ष प्रदान गर्दै आएको वर्षोत्कृष्ट कृषि पुरस्कार यो वर्ष ‘अस्वत्थामा’ कृतिलाई प्रदान गरिने भएको छ ।
कोषका अध्यक्ष गोपीकृष्ण प्रसाईको अध्यक्षतामा शनिबार विर्तामोडमा सम्पन्न कार्यसमिति बैठकले कृति छनौट समितिले पुरस्कारका लागि वर्षोत्कृष्ट कृति पुरस्कारका लागि सिफारिस गरेको कृतिलाई अनुमोदन गर्दैै २०७६ सालमा प्रकाशित कृतिमध्येबाट कुमार भट्टराईद्वारा लिखित अस्वत्थामालाई प्रदान गर्ने टुङ्गो लागेको हो ।
वर्षोत्कृष्ट कृति छनौटका लागि कोषका उपाध्यक्ष विष्णुकुमार भट्टराईको संयोजकत्वमा सचिव राजेन्द्र प्रसाई र पूर्व पुरस्कृत लेखकका तर्फबाट कृष्ण बराल सदस्य रहेको समिति गठन गरिएको थियो ।
त्यस्तै विष्णु चन्द्र पद्मा दीर्घ साहित्य सेवा सम्मान २०७७ बाट दमक निवासी साहित्यकार प्राध्यापक, लेखक तथा समालोचक मोहन भण्डारीलाई प्रदान गरिने भएको छ ।
त्यसैगरी प्रत्येक वर्ष प्रदान गरिंदै आएको धनमाया सक्रिय महिला पत्रकारिता पुरस्कारका सम्बन्धमा भने आगामी बैठकमा निर्णय गरिने भएको बताइएको छ ।
तीनवटै विधाका पुरस्कार फागुनको पहिलो हप्ता कोषको आफ्नै सभाहलमा एक कार्यक्रमको आयोजना गरी वितरण गरिने निर्णय भएको कोषका अध्यक्ष गोपीकृष्ण प्रसाईले जानकारी दिनुभयो । तीनवटै पुरस्कारको राशी जनही नगद २१ हजार रहेको बताइएको छ ।
२०५९ सालमा स्थापित जयेन्द्रप्रसाद प्रसाई साहित्य सेवा कोषले स्थापना कालदेखि नै वर्षोत्कृष्ट कृषि, पुरस्कार प्रदान गर्दै आएको छ भने त्यसयता दीर्घ साहित्य सेवा, धनमाया पत्रकारिता पुरस्कार स्थापना गर्नुका साथै संस्थाको मुख पत्रका रुपमा छन्द तथा अन्य सिर्जना समेटेर केचना साहित्यिक पत्रिका बार्षिक रुपमा प्रकाशन गर्दै आएको छ ।
त्यस्तै छन्दको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले विगत केही वर्षदेखि प्रत्येक वर्षको छन्द दिवकको अवसर पारेर छन्द कविता गोष्ठी गर्दै आएको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2‘अस्वत्थामा’ वर्षोत्कृष्ठ कृति, दीर्घ साहित्य सम्मान भण्डारीलाई
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img