Homeसमाचारशिभांसको स्मृति दिवसमा विद्यार्थीलाई न्यानो कपडा वितरण

शिभांसको स्मृति दिवसमा विद्यार्थीलाई न्यानो कपडा वितरण

मदरगाछ २५ पुस । शिभांस स्मृति प्रतिष्ठान झापाले शिभांसको छैटौं स्मृति दिवसको दिन पारेर झापा गाउँपालिका मदरगाछस्थित जनकल्याण माविका विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ ।
प्रतिष्ठानका अध्यक्ष यामनाथ विमलीको अध्यक्षता तथा वडा सदस्य लोकबहादुर बस्नेतको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा जनकल्याण माविका बालविकास केन्द्रदेखि कक्षा–५ सम्म अध्ययनरत बालबालिकालाई न्यानो कपडा (स्वीटर) र कपि वितरण गरिएको प्रतिष्ठानका केशव ओझाले जानकारी दिनुभयो ।
प्रतिष्ठानका तर्फबाट केशव ओझाले औचित्य माथि प्रकाश तथा स्वागत गरेको कार्यक्रममा प्रमुख अतिथि बस्नेत, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जीवनाथ लम्साल, उमाकान्त सञ्जेल लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो भने कार्यक्रमको सञ्चालन विष्णुमाया सिटौलाले गर्नुभएको थियो ।
को हुन् शिभांस
बुबा नविन विमली र राधा पराजुली विमलीका कोखबाट २०७१ सालमा फागुन २८ गते डेनमार्कमा जन्मिएका शिभांसको २०७२ साल पुस २५ गते निधन भएको थियो ।
जन्म पश्चात ब्रेनट्युमर देखिएका शिभांसलाई बचाउन अथक प्रयास गरेरपनि त्यो निरर्थक भएको पारिवारिक स्रोतले जनाएको छ । नविन र राधाकी पहिलो सन्तान सदिक्षा १३ वर्षकी हुँदा जन्मिएका शिभांसको १० महिनासम्मको अस्पतालमै राखेर उपचार गरिएको थियो । तथापी उनको २०७२ साल पुस २५ गते निधन भएको बताइएको छ ।
शिभांसको निधनपछि प्रतिष्ठानको स्थापना गरी उनका बुबा–आमा नविन विमली र राधा पराजुली विमलीसहित परिवारले १० लाखको अक्षयकोषको स्थापना गरेको ओझाले जानकारी दिनुभयो । सोही अक्षयकोष मार्फत प्रत्येक वर्ष उनको स्मृति दिवसमा सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई शैक्षिक सामग्री तथा न्यानो कपडा वितरण गर्दै आएको बताइएको छ ।
यसअघि प्रतिष्ठानले फरक क्षमता भएका विद्यार्थीलाई शैक्षिक सामग्री, न्यानो कपडा तथा कार्यालय व्यवस्थापन सम्बन्धी सामग्री वितरण गरिंदै आएको थियो ।
यो वर्ष भने ग्रामिण क्षेत्र झापा गाउँपालिका मदरगाछस्थित जनकल्याण मावि अर्थात राधाले अध्ययन गरेको विद्यालयका विद्यार्थीलाई शैक्षिक तथा न्यानो कपडा वितरण गरिएको हो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारशिभांसको स्मृति दिवसमा विद्यार्थीलाई न्यानो कपडा वितरण
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img