Homeसमाचार'झापाका नागरिकको सहयोग कहिल्यै विर्सन्न'

‘झापाका नागरिकको सहयोग कहिल्यै विर्सन्न’

विर्तामोड २४ पुस । झापाका प्रहरी प्रमुख एसपी कृष्णप्रसाद कोइरालाले अपराध नियन्त्रणमा समुदायको भूमिका महत्वपूर्ण हुने बताउनु भएको छ । अपराध अनुसार कानूनी व्यवस्थाबारे नागरिक सचेत नहुँदा समस्या आउने गरेको बताउँदै प्रहरी प्रमुख कोइरालाले सामाजिक संघ–संस्था र समाजका अगुवाहरुले नागरिकलाई कानूनबारे पनि बुझाउनु पर्नेमा जोड दिनुभयो ।
विर्तामोड उद्योग वाणिज्य संघ, सहारा नेपाल, नेपाल रेडक्रस सोसाइटी विर्तामोड, विर्तामोड साना सहरी खानेपानी संस्था, एबिसी नेपाल, नेपाल अलैंची व्यवसायी महासंघ, संवाद समूह, चेम्बर अफ कमर्श, नेपाल उद्यमशील महिला संघ लगायत विर्तामोडमा क्रियाशील विभिन्न संघ–संस्थाद्वारा आयोजित सम्मान तथा विदाई कार्यक्रममा बोल्दै प्रहरी प्रमुख कोइरालाले यस्तो बताउनु भयो ।


कानूनबारे नागरिक जानकार नहुँदा पीडित र प्रहरीकोबीचबाट गलत मान्छेले फाइदा उठाउने गरेकोप्रति सचेत गराउँदै कोइरालाले कानूनबारे सबैले जानकार हुनु जरुरी रहेका बताउनु भयो ।
जिल्लामा शान्ति सुरक्षा कायम राख्न आफूले सक्दो प्रयास गरेको बताउँदै झापाका नागरिकको सहयोग नबिर्सने बताउनु भयो । कोइरालाले भन्नुभयो–‘यो सम्मान हामीप्रतिको विश्वास र भरोसा हो, यसलाई म कहिल्यै टुट्न दिन्न ।’
पछिल्लो समय परिणाममुखि अनुसन्धानलाई प्रहरीले प्राथमिकतामा राखेको बताउँदै कोइरालाले परिणाममुखी अनुसन्धानका लागि प्रविधिले ठूलो मद्दत पुग्ने बताउँदै त्यतातर्फ पनि ध्यानाकर्षण गराउनु भएको थियो । आर्थिक गतिविधि बढी हुने स्थानहरुमा आपराधिक गतिविधि पनि बढी हुनेतर्फ सचेत गराउँदै व्यापारमा लगानी गर्दा सुरक्षालाई पनि बजेट बनाउन सुझाव दिनुभयो ।
कार्यक्रममा जिल्ला प्रहरी प्रमुख कोइराला र इलाका प्रहरी अनामरनीका प्रमुख मुकुन्द रिजाललाई सम्मान पत्रसहित बिदाई गरिएको थियो ।
एक बर्षअघि झापा आएका कोइराला र रिजालको यसैसाता सरुवा भएको थियो । कोइराला महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखा काठमाडौँ र रिजाल जिल्ला प्रहरी कार्यालय दाङ सरुवा भएको छ ।


विदाई समारोहमा बोल्दै डीएसपी रिजालले विर्तामोडका नागरिकले शान्ति सुरक्षा कायम गर्न गरेको सहयोग सधैं स्मरणीय हुने बताउँदै विर्तामोडको प्रमुखको जिम्मेवारी सम्हाल्दा बटुलेको अनुभवले भावी दिनमा पनि काम गर्न सहज हुने विश्वास व्यक्त गर्नुभयो । विवादरहित कार्य सम्पादनमा बिर्तामोडले गरेको सहयोग सधैं सम्झनामा रहने बताउँदै रिजालले भन्नुभयो–‘यहाँहरुको उदारता र सकारात्मक भावना मेरा लागि मार्गदर्शक भएको छ ।’
सो अवसरमा झापाको शान्तिसुरक्षा र कोरोना संक्रमण नियन्त्रणका सन्दर्भमा झापाका प्रहरी प्रमुख कोइराला र बिर्तामोडका डिएसपी रिजालले महत्वपूर्ण भूमिका खेलेको बिर्तामोड उद्योग वाणिज्य सङ्घका अध्यक्ष कुमार भट्टराईले बताउनु भयो ।
सहारा नेपालका कार्यकारी निर्देशक महेन्द्रकुमार गिरीले जनताको मन जितेर काम गर्ने प्रहरी अधिकारीहरुलाई विर्तामोडले सधै सम्मान गर्ने परम्परा बताउनु भयो ।
कार्यक्रममा संघ–संस्थाका तर्फबाट पूर्वाञ्चलका प्लाई उद्योग संघका अध्यक्ष दीपेन्द्र पोखरेलले मन्तव्य राखेको कार्यक्रममा प्रहरी प्रमुख कोइरालाको सम्मानपत्र मेघराज बास्तोला र रिजालको सम्मान पत्र कञ्चना ढकालले वाचन गरेको कार्यक्रमको सञ्चालन विर्तामोड उद्योग वाणिज्य संघका महासचिव प्रशान्त भण्डारीले गर्नुभएको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचार'झापाका नागरिकको सहयोग कहिल्यै विर्सन्न'
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img