Homeसाहित्यपश्चाताप

पश्चाताप

रुकु खनाल मिश्र

मैले लाखौं अनुरोध गरें । उनको मुखबाट त्यही शब्द छुट्यो मात्र पश्चाताप । थकित शिर थमाउन निधारमा एउटा हात निधारमा राखेर अर्कोले पेट छाम्दै बसेकी एउटी महिला समिप पुगेर मैले हरविन्ती गरें, लाखौं अनुरोध गरें तर,उनको अनुहार देखाउन चाहँदै चाहिनन् । उनले मलाई देखिन देखिनन् थाहा छैन । त्यहाँ वरपर रहेका मानिसहरुले भने सधैं यसरी नै बस्छे यो आईमाई ! उनको बसाई र वरीपरीका मानिसहरुले प्रहार गरेका बचनवाणहरु सुन्दा मन दुखेर आयो ! एउटी नारी समाजमा प्रतिष्ठित हुँदा र निरीह तथा अपमानित हुँदाको फरक सम्झिएँ । पुनः तिनै असक्त नारीलाई घचघच्याउँदै सोधे भन्नुस् न हजुरलाई कुन रोग लाग्या छ ? कस्तो समस्याले सताएको छ ? तर, मेरा प्रश्नको जवाफमा फेरि उही शब्द आयो पश्चाताप । असमञ्जसमा परें, हे भगवान ! यो पश्चाताप भन्ने कस्तो रोग ? मैले कुनै पनि अस्पतालको होडिङबोर्डमा पश्चाताप रोग विशेषज्ञ अस्पताल वा डाक्टरको उपलब्धताको सूचना कहिलै देखेकै थिएन ।
त्यसदिनको डिउटी म तिनै नारीको सेवाभावमा लागें र उनीलाई नै त्यसदिनको डिउटी मायामारेर तिनै नारीको सेवा भावमा लागे र उनीलाई नै घचघचाई रहे । उनी मेरी दिदी–बहिनी के हुन् अनसुहार हेरेर अड्कल गर्न पाइन ।
कति दिनदेखि भोको पेट होला विचरा ! अरुहरुको गाली बेइमानी रहनु पर्यो होला ! कुभावको शिकार बन्नु पर्यो होला । जति उनको बारेमा गहिरिन्छु त्यति नै दयाको सागर मनभित्रबाट उर्लिएर नयनहरुबाट छुट्न थाल्यो । जस्ले जे सुकै भनुन उनीलाई मैले आफ्नै घर लाने निधो गरें, जब उनीलाई मैले आफूसंगै लैजाने तरखर समाजले देख्यो त्यहाँ अनेकन असामाजिक आवाज उठ्न थाले । म चुपचाप रहेर उनीभित्र मडारिएको पश्चातापको बादल हटाएर उनको जीवनमा पारिलो घाम झुल्काउने दृढतामा लागें ।
उनले नचाहँदा नचाहँदै गाडीमा चढाएर अस्पताल लैजान्छु भने, उनको जवाफ आयो– मेरो रोग अस्पतालमा निको हुँदैन । उनको कुरा सुनेर मेरो मष्तिष्क तरङ्गित भयो, मेरो वरीपरी प्रश्नै प्रश्नहरुको फिलिङ्गाहरु उड्न थाले म के गरौं ! जेसुकै होस परिवारबाट गाली खान्छु वा स्यावासी पाउछु थाहा छैन– अठोट गरें आफ्नै घरमा लगेर निको बनाउँछु ।
मेरो घरभित्रै उनी र म पस्तै गर्दा मेरो मनमा थोरै स्वार्थका पाउलाहरु पलाउन थाले । उनी निको भएपछि मेरा हरेक घरायसी कार्यको प्रिय सहयोगी पात्र बनाउँछु । जहिले ढिला भएर पतिदेवबाट छिटो भर भन्ने ठूलो आवाज हजुरले गर्दा मेरो यस्तो भयो उस्तो छुट्यो भन्ने छोराछोरीको गुनासो र बा आमाले खाने औषधीको समय तालिका पनि मिल्ने थियो । यावत सहजताका दिन आउने कल्पना गर्दै उनीलाई नुहाई–धुवाई गराएर खाना खान बोलाए स्नेह र हौसलाको ओखती बनाएर खाना खान दिए । मेरो साथ र मायाले अनि तातो खानाले उनको शरीरमा थोरै विशेष भएको विमारी जस्तो देखिन थालिन् ।
आफ्नै कार्य व्यस्तताले म बाहेक बा आमा, पतिदेव र नानीबाबुहरु काठमाडौं जानुभाको थियो  । उहाँहरु कोही नभएको बेला मैले पनि मिलनसार साथी पाए । उनको ओठबाट हराएका मुस्कानहरु फिर्ता आयो ! यस्ति आईमाई र उस्ती आईमाई भन्ने समाजको आँखामा उनी एउटी असल नारी बन्ने नै छन् । दिनदिन सुध्रदै गएको उनको जीवनशैली देखेर आफैं आफैं गदगद हुन्थे । हस्तादिनको उनीसंगको बसाई वर्षौ जस्तो लाग्न थाल्यो । अब त घरका सदस्यहरुको पनि घर फर्कने दिन आयो । घरकी पाहुना भनौ या मेरी साथी छन् भनेर फोनमा बा आमासंग कुरा गर्दा सबैजना खुशी हुनुभाथ्यो । उनको मुहारको मिठो मुस्कान र मेरो मनको आनन्द वहाहरुको घर आगमनसंगै शिशा झैं टुट्ने मलाई पत्तै थिएन कि मेरो पतिदेवको दोस्रो धर्मपत्नीको रुपमा भित्रिएकी रहेछु भन्ने । परिवारको माया र स्नेह वहाँको भद्र व्यवहारले शंका गर्ने ठाउँ थिएन । हुन त वहाँहरुको गल्ती पनि रहेनछ । विडम्बना ति नारी जसलाई मैले दोस्रो जीवन दिएझै भएको थियो जसको जीवनमा सुनौलो घामको किरण झुल्काउन सफल भएकोमा आफै गौरवान्वित थिए । उनी र मेरो पतिदेवबीच मेरो विवाह हुनुभन्दा ८ वर्ष अगाडि नै सम्बन्ध विच्छेद भएको रहेछ । उनले आधा सम्पत्ती लगेकी थिइन् रे ।
उनीलाई मेरो साथ देख्दा परिवारबाट म माथी आरोप आइलाग्यो । हामी नभएको मौका छोपेर यस धोकेवाजकै सिको सिक्न यसैको संगत गर्न पर्यो ? म माथी कहिलै नराम्रो शब्द प्रहार नगर्नु भएको परिवारबाट यति ठूलो आरोप खप्नु पर्दा जहाँसम्म पीडा भयो । परिवारको आवेग र चिच्याहटलाई चुप गराउँदै मसँग माफी माग्दै परिवारसंग पनि भनिन् मैले थाहा नपाएर आए । मतिर देखाउँदै उनीलाई केही आरोप नलगाउनुस विन्ती भन्दै हात जोडिन् ।
मलाई भनिन बहिनी तिमीले मानव सेवा गर्न खोजेकी थिएउ । अमानवको फेला परेउ । मैले त तिमीसंग नआउन हट गरेकी थिए । तिमीले मानेनौ । पुनः माफ गर मेरो कारण तिम्रो सुन्दर घर परिवारमा आगो नलागोस् देखेऊ होला आज मलाई लागेको कहिल्यै निको नहुने रोग ‘पश्चाताप’ यही हो …………………………. उनलाई मैले रोक्न सकिन मात्र सम्झनामा रोइरहे । इति ।।।।।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
साहित्यपश्चाताप
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img