Homeसमाचारभद्रपुर भन्सारको राजश्व संकलन साढे १५ करोड बढी

भद्रपुर भन्सारको राजश्व संकलन साढे १५ करोड बढी

भद्रपुर २३ पुस । झापाको भद्रपुर भन्सार कार्यालयले चालु आर्थिक वर्षको पाँच महिने अवधीमा १५ करोड ७१ लख १९ हजार राजश्व संकलन गरेको छ ।
६ महिनामा १६ करोड ६५ लाख भन्दा बढी राजश्व संकलन गर्ने लक्ष्य राखेको भन्सार कार्यालयले एक महिनाबाँकी हुँदा लक्ष्य नजिक पुगेको हो । कार्यालय पुस मसान्त सम्ममा राजश्व संकलनको लक्ष्य १६ करोड ६५ लाख भन्दा बढी राजश्व संकलन गर्ने लक्ष्य राखेको कार्यालय प्रमुख प्रमोद पौडेलले जानकारी दिनुभयो।
कोरोना संक्रमणका बाबजुद पनि कार्यालयले विगत बर्षहरुको तुलनामा चालु आवमा केहि बढी राजश्व संकलन गर्ने लक्ष्य लिएको जनाएको छ ।
गत चैत्र महिनादेखि असारसम्म रहेको निरन्तर लकडाउनका कारण राजश्व असुलीमा समस्या भए पनि पछिल्लो समयमा खासै समस्या नभएको कार्यालय प्रमुख प्रमोद पौडेलले बताउनु भयो ।
उहांले सरकारको बार्षिक नीति तथा कार्यक्रम भित्र रहेर विभागको निर्देशन अनुसार यस अबधीमा व्यापारलाई सहजीकरण गर्दै राजश्व असुलीमा आफुहरु निरन्तर लागिरहने प्रतिबद्धता समेत जनाउनु भयो ।
गत असार मसान्तसम्मको एक आ.व.मा १४ करोड ४९ लाख रुपैयाँ राजश्व संकलन गरिएको कार्यलयले जनाएको छ ।
नेपालको भारतसंग सिमा जोडिएका गलगलीया, ठाकुरगन्ज, सिलगुडी लगायतका विभिन्न स्थानहरुबाट कपडा, चिया प्रशोधनमा प्रयोग गरिने सामग्रिहरु, उद्योगका मेसिनरी पार्टपुर्जा लगायतका विभिन्न सामग्रीहरु यस नाकाबाट आयात हुने गरेको छन् ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारभद्रपुर भन्सारको राजश्व संकलन साढे १५ करोड बढी
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img