Homeमहिलानेतृत्व विकास तथा योजना छनौट सम्बन्धी ५ दिने तालिम शुरु

नेतृत्व विकास तथा योजना छनौट सम्बन्धी ५ दिने तालिम शुरु

शिवसताक्षी १६ पुस । स्थानीय तहका जनप्रतिनिधि, स्थानीय संघ–संस्थाका पदाधिकारी तथा प्रतिनिधि र अगुवा महिलाहरुलाई लक्षित शिवसताक्षी नगरपालिकामा विहीबारदेखि ५ दिने नेतृत्व विकास तथा योजना छनौट सम्बन्धी तालिम शुरु भएको छ ।
शिवसताक्षी नगरपालिकाको सहयोग र नारी सञ्चार गृह झापाको आयोजनामा शुरु भएको तालिमको समुद्घाटन कार्यक्रमका प्रमुख अतिथि तथा शिवसताक्षी नगरपालिकाका प्रमुख चन्द्रकुमार शेर्माले गर्नुभएको थियो ।
कार्यक्रममा बोल्दै मेयर शेर्माले तालिममा सिकेका कुरालाई व्यवहारिक रुपमा कार्यान्वयनमा ल्याउन आग्रह गर्दै तालिमले आगामी दिनमा नगरका योजना छनौटमा सहयोग पुग्ने अपेक्षा व्यक्त गर्नुभयो ।
कार्यक्रममा नगरपालिकाका उपप्रमुख भोजकुमारी नेपालले पदिय जिम्मेवारी अनुसार काम गर्ने क्षमतामा पनि महिलाहरुले विकास गर्न जरुरी रहेको धारणा राख्नुभयो ।


सो अवसरमा बोल्दै नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष तारामणी सापकोटाले तालिमलाई साधनका रुपमा लिएर साध्यका रुपमा प्रविधिलाई पनि प्रयोग गर्न सकिनेतर्फ ध्यानाकर्षण गराउनु भएको थियो । नारी सञ्चार गृहका अध्यक्ष भीमा शिवाकोटीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गीताकुमारी राई, लेखा अधिकृत प्रकाश लिम्बू, योजना अधिकृत प्रकाश चौधरी, नारी संचार गृहका संस्थापक अध्यक्ष सावित्रा दाहाल, निवर्तमान अध्यक्ष अम्बिका भण्डारी, सल्लाहकार लीला अनमोल, विनोद सापकोटा, छविलाल दवाडी लगायतको उपस्थिति रहेको थियो ।
जनप्रतिनिधि, स्थानीय संघ–संस्थाका पदाधिकारी तथा प्रतिनिधि र अगुवा महिलाहरुको सहभागित रहेको तालिममा ५६ जना बढीको सहभागिता रहेको तालिमको पहिलो दिन विहीबार संविधानसभा सदस्य प्रेम गिरीले मोटिभेसन सम्बन्धी विषयमा सहजीकरण गर्नुभएको नारी संचार गृहका सहसचिव शुशिला संग्रौलाले जानकारी दिनुभयो ।
सचिव भूमिका सुब्बाले सञ्चालन गरेको कार्यक्रममा स्वागत तथा औचित्यमाथि प्रकाश उपाध्यक्ष रेजिना गौतमले गर्नुभएको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
महिलानेतृत्व विकास तथा योजना छनौट सम्बन्धी ५ दिने तालिम शुरु
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img