Homeसमाचारमेलमिलाप दिवसको अवसरमा जिल्लाभर विविध कार्यक्रम

मेलमिलाप दिवसको अवसरमा जिल्लाभर विविध कार्यक्रम

विर्तामोड १६ पुस । नेपाली कांग्रेसले आज मेलमिलाप दिवस मनाएको छ । राष्ट्रिय संकट आइपरेका बेला आस्था र विचारभन्दा माथी उठेर देशमा क्रियाशील राजनीतिक शक्तिहरुसँग सहकार्य गर्नुपर्छ भन्ने सन्देशसहित निर्वासनमा रहनुभएका नेपाली कांग्रेसका संस्थापक नेता विश्वेश्वरप्रसाद (वी.पी.) कोइराला २०३३ साल पुस १६ गते मेलमिलापको नीति लिएर स्वदेश फर्कनुभएको थियो ।
२०१७ साल पुस १ गते तत्कालीन राजा महेन्द्र शाहले नेपाली कांग्रेस नेतृत्वको जननिर्वाचित सरकारलाई अपदस्त गरी प्रजातान्त्रिक शासन ब्यवस्थामाथि कू गरेका थिए । त्यसैबेलादेखि लगभग ८ बर्ष बढीको कठोर जेलजीवन विताएका वी.पी.सहितका कांग्रेस नेताहरुलाई तत्कालीन सरकारले झुटा मुद्दा लगाउँदै निर्वासनको सजाँय दिएको थियो
स्वदेश फर्कदा उहाँलाई फाँसीसहितको सजाय हुनसक्ने जोखिम रहेपनि वी.पी. कोइरालाको नेतृत्वमा मेलमिलापको नीति लिएर कांग्रेस नेताहरु लगभग ६÷७ बर्षको निर्वासनपछि स्वदेश फर्किएका थिए । यसै दिवसको सन्दर्भ पारेर आज कांग्रेसजनले वी.पी.लाई सम्झदै वर्तमान राजनीतिक संकटबारे चर्चा परिचर्चा गरेका छन् ।
झापाका १३१ वटै वडामा वार्डस्तरीय कार्यक्रम गरी नेपाली कांग्रेस वडा समितिले वी.पी.लाई सम्झिएका हुन् । प्रजातान्त्रिक समाजवादका प्रणेता वी.पी.ले नेपाली राजनीति र साहित्यमार्फत समाज परिवर्तनमा खेलेको भूमिकाको चर्चा गर्दै विभिन्न कार्यक्रमहरुमा मेलमिलापबाटै राष्ट्रमा उत्पन्न संकट समाधान हुने र शान्ति तथा स्थिरता कायम हुने धारणा राखेका हुन् ।
निर्वाचित प्रतिनिधिसभा विगठन भएको वर्तमान सन्दर्भमा समेत मेलमिलाप नीति उत्तिकै समयसान्दर्भिक रहेको चर्चा गर्दै नेतृत्ववर्गले पदलोलुपता छाडेर संविधानको पूर्ण पालनासहित लोकतान्त्रिक विधि र पद्धतिको संरक्षण आजको आवश्यकता रहेको चर्चा गरेका हुन् ।
अर्जुनधारा नगरपालिका–७ मा आयोजित वार्डस्तरीय कार्यक्रम नेपाली कांग्रेस झापाका सभापति उद्वव थापाको प्रमुख आतिथ्य र वार्ड सभापति नवीन ढुङ्गानाको सभापतित्वमा सम्पन्न भएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै सभापति थापाले निर्वाचित प्रतिनिधिसभा भंग गरेर प्रधानमन्त्रीले अलोकतान्त्रिक काम गरेको बताउनुभयो । वी.पी.ले परिकल्पना गर्नुभएको समाजवादको आदर्श र मेलमिलाप नीतिलाई सबैले अनुकरण गर्नुपर्नेमा उहाँको जोड थियो ।
मेलमिलाप दिवसको सन्दर्भ पारेर अर्जुनधारा वडा नं–६ ले नेपाली कांग्रेस झापाको कार्यालयमा एक कार्यक्रम आयोजना गरेको छ । उमाकान्त लुइटेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा दीपक तामाङ, मेनुका ओली, रामबहादुर कटुवाल लगायतले बोल्नुभएको थियो । अर्जुनधारा–५ का सभापति देवीनाथ खतिवडाको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेस प्रचार–प्रसार समिति संयोजक कृष्ण हुमागाई, नगर सभापति हेमराज खरेल लगायतले बोल्नुभएको थियो ।
यसैगरी नेपाली कांग्रेस मेचीनगर समितिले नगरस्तरीय कार्यक्रम सम्पन्न गरेको छ । नगरसभापति इन्द्र बुढाथोकीको सभापतित्व र जिल्ला उपसभापति राम कट्टेल, सचिवद्वय प्रेम सम्बाहाम्फे र ताराविर कटुवाल, कोषाध्यक्ष केशवराज पाण्डे लगायतले मन्तब्य राख्नुभयो । यसैगरी मेचीनगर–१४ मा प्रेम न्यौपानेको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा प्रवक्ता लोकराज ढकाल लगायतले शुभकामना मन्तब्य राख्नुभयो ।
विर्तामोड नगरपालिका–५ मा वार्डस्तरीय कार्यक्रम सम्पन्न भएको छ । महासमिति सदस्य सिता पौडेलको प्रमुख आतिथ्य र दिपक मेनेङबोको सभापतित्वमा सम्पन्न कार्यक्रममा लक्ष्मी आचार्य, पुष्पलाल चौधरी, लव चौधरी, पवित्रा पाठक लगायतले बोल्नुभएको थियो भने सञ्चालन अच्युत दाहालले गर्नुभएको थियो ।
यसैगरी झापाको दमकमा पनि नगरस्तरीय कार्यक्रम सम्पन्न भएको छ । नगर सभापति रोशन विष्टको सभापतित्वमा सम्पन्न कार्यक्रममा मेनुका बुढाथोकी, शेरबहादुर भटराई, ढुण्डी भण्डारी लगायतले मेलमिलाप दिवसको महत्वबारे धारणा राख्नुभयो ।
यसैगरी विर्तामोड नगरपालिका–२ मा आयोजित कार्यक्रममा धर्म लक्सम्बा, पार्वता गिरी, उर्मिला ढकाल पोखरेल लगायतले बोल्नुभएको थियो । कार्यक्रम घनश्याम दाहालको सभापतित्वमा सम्पन्न भएको थियो । विर्तामोड–३ का सभापति प्रेम उप्रेतीको सभापतित्वमा सम्पन्न कार्यक्रममा भोजराज सिटौला, पार्वता गिरी लगायतले बोल्नुभएको थियो ।
यता कचनकबल–७ मा पनि वी.पी. र उहाँले लिनुभएको मेलमिलाप नीतिबारे चर्चा गरिएको छ । वार्ड सभापति भरत राजवंशीको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो । भद्रपुर–८ मा आयोजित कार्यक्रममा प्रदेश सांसद ओमप्रकाश सरावगी, नेपाल महिला संघ केन्द्रीय सदस्य गोमा भटराई, नेपाली कांग्रेस जिल्ला सदस्य लता कार्की, जे।पी। शर्मा, क्षेत्रीय सभापति गणेश पोखरेल लगायतले बोल्नुभएको थियो ।
यसैगरी नेपाली कांग्रेस भातृ संस्था समन्वय विभागका प्रमुख देउमान थेवेको प्रमुख आतिथ्यमा कनकाई नगरपालिकामा कार्यक्रम सम्पन्न भएको छ । नेत्र चिमरियाको सभापतित्वमा सम्पन्न कार्यक्रममा गोपाल उप्रेती, सुन्दरा लुहागुन, लगायतले बोल्नुभएको थियो । झापाको बाह्रदशीमा ओमप्रकाश गौतमको सभापतित्वमा सम्पन्न कार्यक्रममा र पूर्व जिल्ला सचिव दयानन्द गोश्वामी, रामप्रसाद दुलाल लगायतले बोल्नुभएको थियो । यसैगरी हल्दिबारी–४ का सभापति भिम फियाकको सभापतित्व र जिल्ला सदस्य पुस्तकराज नेपालको प्रमुख आतिथ्यमा मेलमिलाप दिवस सम्पन्न भएको छ ।
झापाका १५ वटै गाउँ/नगरका १३१ वटै वडामा नेपाली कांग्रेस वडा समितिले आयोजना गरिएको मेलमिलाप दिवसलाई जिल्लाबाट खटाइएका प्रतिनिधिहरुले सम्बोधन गरेका छन् । नेपाली कांग्रेस झापाको यसअघि सम्पन्न बैठकले सबै वडामा प्रतिनिधि खटाएको थियो । जिल्लाका पार्टी पदाधिकारी, सदस्य, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, क्षेत्रीय तथा प्रदेश क्षेत्रीय सभापतिहरुलाई प्रतिनिधि पठाइएको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारमेलमिलाप दिवसको अवसरमा जिल्लाभर विविध कार्यक्रम
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img