Homeसमाचारसमाचारराष्ट्रिय परिचय पत्र बनाउनेको भीड

राष्ट्रिय परिचय पत्र बनाउनेको भीड

झापा १६ मंसीर । घर–जग्गा किनवेचदेखि सामाजिक सुरक्षाभत्ता लिन तथा बैकिङ्ग कारोबारमा समेत राष्ट्रिय परिचय पत्रको नम्बर कार्यान्वयनमा ल्याउने सूचना सार्वजनिक भएसंगै स्थानीय तहमा राष्ट्रिय परिचय पत्र बनाउने नागरिकको भीड लाग्न थालेको छ ।
तोकिएका कागजात रुजु गर्नुपर्ने, नागरिकता, आवश्यकता अनुसार बसाई सराई, मृत्यु दर्ता जस्ता प्रमाणपत्रहरुको सक्कली नै कागज पेश गर्नुपर्नुे भएपछि कागजात नमिलेका कारण पनि काममा ढिलाई हुँदा नागरिकको वडा कार्यालयहरुमा भीड लागेको हो ।

राष्ट्रिय परिचय पत्र बनाउनका लागि नागरिकले भरेको फाराम रुजु गर्दै विर्तामोड वडा नंं ६ का वडासचिव थलङ


खासगरी शहरी केन्द्रीत वडा कार्यालयहरुमा राष्ट्रिय परिचय पत्रको फाराम भर्ने र फोटो खिचाउनेको भीड लागेको हो ।
रुजु भएर आएका कागजातलाई सिधैं प्रक्रियामा जाँदा पनि सरदर १० देखि १२ मिनेट समय लाग्ने विर्तामोड नगरपालिका वडा नं.–६ का वडासचिव रुपमान थलङले जानकारी दिनुभयो । जिल्ला प्रशासन कार्यालय झापाले झापाका दमक, विर्तामोड, मेचीनगर लगायतका स्थानीय तहमा अबको नौ दिनभित्रमा परिचय पत्र बनाउन आह््रवान गर्दै सार्वजनिक सूचना गरेको छ ।


तुलनात्मक रुपमा अन्य स्थानीय तहमा भन्दा विर्तामोडमा जनघनत्व अधिक भएका कारण जिल्ला प्रशासनले निर्धारण गरेको समयमा राष्ट्रिय परिचय पत्र बनाउने समय अपुग हुने आंकलन गर्दै विर्तामोड नगरपालिकाले समय बढाउन माग गरेपछि जिल्ला प्रशासन कार्यालयबाट आगामी पुस ८ गतेसम्मका लागि समय थपिएको बताइएको छ ।
वडा नं. ६ मा मंगलबार बेलुकासम्म एकहजार दुईसय ८३ जनाले परिचयपत्रका लागि फोटो खिचाएको वडा सचिव थलङले जानकारी दिनुभयो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारसमाचारराष्ट्रिय परिचय पत्र बनाउनेको भीड
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img