Homeसमाचारबन्दी सहायता नेपालद्वारा संरक्षित विद्यार्थीलाई शैक्षिक सामग्री र साइकल

बन्दी सहायता नेपालद्वारा संरक्षित विद्यार्थीलाई शैक्षिक सामग्री र साइकल

विर्तामोड ११ साउन । बन्दी सहायता नेपालद्वारा सञ्चालित जुनकिरी प्रावि तथा चिल्ड्रेन होम केयरका बालबालिकालाई शैक्षिक सामग्री, खाद्यान्न तथा साइकल वितरण गरिएको छ ।
अर्जुनधारा–११ स्थित जुनकिरी प्राविमा आयोजित कार्यक्रमका मनमाया आमा, गंगा आमा, खुदुनावारी होम मदर अर्थ चिल्ड्रेन होम डे केयरका बालबालिकालाई थाइल्याण्ड साइकल क्लबको सहयोगमा साइकल तथा १ नम्बर प्रदेश सरकारको सहयोगमा खाद्यान्न साथै स्कुल व्याग वितरण गरिएको हो ।
झापा क्षेत्र नं.–२ का प्रदेश सांसद बृख प्रधानको प्रमुख आतिथ्यता तथा बन्दी सहायता नेपाल पूर्वाञ्चल संयोजक जगत रानामगरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा साइकलको चावी सांसद प्रधानले अध्यक्ष रानालाई हस्ताक्षरण गर्नुभएको थियो ।

कार्यक्रममा प्रदेश सरकारका तर्फबाट प्राप्त सात लाख रकमबाट २ लाख ५० हजार मूल्यबराबरको कम्प्युटर र ४ लाख ५० हजारको बालबालिकालाई स्कूल फि देखि ड्रेस, व्याग लगायतका सामग्री रहेको बताइएको छ ।
साइकल क्लबले बन्दी सहायता क्लबद्वारा सञ्चालित झापा, इलाम लगायत विभिन्न ठाउँका विद्यालयमा अध्ययनरत बालबालिकालाई तराई क्षेत्र र पहाडका लागि बेग्ला बेग्लै प्रकृतिका १४÷१४ वटा साइकल प्रदान गरेको बन्दी सहायता नेपालकी आमा इन्दिरा राना मगरले बताउनु भयो ।
कार्यक्रममा प्रमुख अतिथि प्रधान, थाइल्याण्ड साइकल क्लबका डा. थाङचङ, इन्दिरा राना मगर, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तीर्थबहादुर राई, क्षेत्र नं.–१ का कांग्रेस क्षेत्रीय सभापति खगेन्द्र मैनाली, पून्य सुवेदी, लाभाबासु घिमिरे, लक्ष्मी राई, लबकुश गौतम लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
सो अवसरमा क्लबका डा. थाङचइसहित क्लबमा आवद्ध पाँचजनलाई सम्मान गरिएको थियो ।
अर्जुन थेवेले स्वागत गरेको कार्यक्रमको सञ्चालन रञ्जित परियारले गर्नुभएको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारबन्दी सहायता नेपालद्वारा संरक्षित विद्यार्थीलाई शैक्षिक सामग्री र साइकल
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img