Homeसमाचारकात्तिक २ गतेदेखि विर्तामोड नगरपालिका बन्द

कात्तिक २ गतेदेखि विर्तामोड नगरपालिका बन्द

विर्तामोड । बिर्तामोड नगरपालिका र नगरपालिकाका सबै वडा कार्यालयबाट प्रदान गरिने अत्यावश्यक बाहेकका सम्पूर्ण सेवा कात्तिक २ गतेदेखि ६ गतेसम्मका लागि बन्द गरिने भएको छ ।
नगरपालिकाको असोज ३० गते सम्पन्न कार्यपालिकाको बैठकले बैंक, वित्तिय संस्था तथा सहकारी संस्थाहरुबाट प्रदान गर्र्ने नगद लिने तथा दिने बाहेकका अन्य सेवा बन्द गर्ने, वित्तिय संस्थाले सेवा प्रवाहमा स्वास्थ्यका मापदण्ड अपनाउनु पर्ने बैठकले निर्णय गरेको छ ।
त्यस्तै बैठकले अत्यावश्यक सेवा बाहेकका विद्युत, खानेपानी, टेलिफोन लगायतका सेवा बन्द गर्ने निर्णय गरेको बैठकले दशैं लगायतका चाडपर्व मनाउने क्रममा भिडभाड हुन सक्ने भएकोले भिडभाड नहुने गरी आ–आप्mनो परिवार भित्रमा नै मनाउन र चाडपर्वमा भेला, महोत्सव, जात्रा, हाटबजार, सांस्कृतिक कार्यक्रमजस्ता भिडभाड हुने कार्य नगर्ने नगराउने, नगरपालिका क्षेत्र भित्र रहेका मठ मन्दिर, पिठमा हुने धार्मिक तथा सांस्कृतिक पूजा, मेला, जात्रामा हुने आमभेला र सहभागितालाई कम गर्ने, गर्नैपर्ने पूजा विधिमा न्यून सहभागिता अपनाउनु पर्ने निर्णय गरेको छ ।
दशैमा टीका लगाउने, आर्शिवाद लिने धार्मिक एवम् सांस्कृतिक प्रचलनलाई एकाघर भित्र सिमित राख्ने, नगरवासीलाई बजारमा हुन सक्ने भिडभाडलाई व्यवस्थित गर्दे सबै व्यवसायी/व्यापारी तथा नागरिकले नेपाल सरकारद्वारा तोकिएको यातायात तथा स्वास्थ्य मापदण्ड अनिवार्य रुपमा पालना गर्न अनुरोध गर्ने, नगरपालिका क्षेत्रभित्र हुने सबै प्रकारका तालिम गोष्ठी, सम्मेलन आदि कार्यहरु हाललाई स्थगन गर्नुका साथै राजनीतिक दल, संघ संस्थाहरुले गर्ने बैठक भेला र शुभकामना आदानप्रदान जस्ता कार्यक्रम नगर्न अनुरोध गर्ने नगरपालिका नगर प्रमुख ध्रुवकुमार शिवाकोटीको अध्यक्षतामा बसेको बैठकले निर्णय गरेको हो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारकात्तिक २ गतेदेखि विर्तामोड नगरपालिका बन्द
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img