Homeसमाचारसिम्रिकको १० औं साधारणसभा सम्पन्न

सिम्रिकको १० औं साधारणसभा सम्पन्न

विर्तामोड । सिम्रिक बचत तथा ऋण सहकारी संस्था लिमिटेड बिर्तामोडको १० औं वार्षिक साधारणसभा आज सम्पन्न भएको छ । साधारणसभाका प्रतिनिधिहरुबीच भौतिक दूरी कायम राख्दै विर्तामोडस्थित अग्रसेन भवनमा कार्यक्रम सम्पन्न गरिएको हो ।
राष्ट्रिय सहकारी महासंघका सञ्चालक सदस्य तथा झापा जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकालको प्रमुख आतिथ्यमा सम्पन्न साधारणसभामा शुभकामना मन्तव्य राख्दै प्रमुख अतिथि ढकालले सहकारीमा ऐन, नियामवली, कार्यविधिहरु क्रमशः कडा प्रकृतिका बन्दै गएको बताउँदै निर्देशिका झन् कठोर बनेको बताउनु भयो ।
आज असोज ३० गतेसम्म म्याद रहेको एक सदस्य एक प्रकृतिको सहकारी कार्यान्वयन नभएमा ऐन नियमले सजायसम्म गर्ने प्रावधान भएकाले कार्यान्वयन महत्वपूर्ण रहेको ढकालले जानकारी गराउनु भयो ।
सिम्रिकले १० वर्षको अवधिमा उल्लेख्य प्रगति हासिल गरेको बताउँदै जिल्ला संघका अध्यक्ष ढकालले अबको ५ वर्षभित्रमा अहिलेको भन्दा दोब्बर नगरेमा संस्था कमजोर ठहरिनेतर्फ सचेत पनि गराउनु भयो । साकोस भएकाले ऋण बचतमा मात्र सिमित रहनु पर्छ भन्ने नभएको उल्लेख गर्दै प्रमुख अतिथि ढकालले सानो उद्यमतर्फ लगानी गर्न तथा छिमेकी सहकारीहरुसँग सहकार्य पनि आवश्यक रहेको बताउनु भयो ।
कार्यक्रममा बिर्तामोड नगरपालिकाका सहकारी तथा सामाजिक विकास अधिकृत डिल्ली दाहालले सिम्रिकको वित्तीय कारोबारको विश्लेषण गर्दै शेयरपूँजी बिस्तार, कर्जा लगानी र अनुपात, कोष वृद्धिको आंकडा केलाउँदा तोकिएको मापदण्ड भन्दा माथि नै रहेकाले राम्रो संकेत देखिएको बताउनु भयो ।
सहकारीको अन्तर्राष्ट्रिय छैटौं सिद्धान्त समुदायप्रतिको चासोलाई सिम्रिकले आत्मसाथ गरेको तथा राज्यलाई समेत उल्लेखनीय कर तिरेर सहकारी क्षेत्रमा जिल्लाकै अग्रणी संस्था बनेकोमा सहकारी अधिकृत दाहालले बधाई पनि दिनुभयो ।
संस्थाका अध्यक्ष कमलबहादुर बस्नेतको अध्यक्षतामा साधारणसभा सम्पन्न भएको हो । कोरोना महामारीका कारण सरकारले भिडभिाड गर्न बन्देज लगाएकोले सहकारी विभागको साधारणसभा निर्देशिका बमोजिम कार्यक्रम आयोजना गरिएको अध्यक्ष बस्नेतले जानकारी दिनुभयो ।
साधारणसभामा आगामी चार वर्षे कार्यकालका लागि सर्वसम्मत निर्वाचित सञ्चालक समिति र लेखा सुपरीवेक्षण समितिलाई निर्वाचन अधिकृत डिल्ली दाहालले सपथ गराउँदै नयाँ नेतृत्वलाई भएको प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।
सिम्रिक साकोसको सञ्चालन अब सुवास भट्टराईको अध्यक्षमा हुनेछ भने निवर्तमान अध्यक्ष कमलबहादुर बस्नेतले संस्थाको प्रमुख कार्यकारी अधिकृत बनेर सिङ्गो ब्यवसायको नेतृत्व गर्ने तय भएको छ ।
नवनिर्वाचित अध्यक्ष भट्टराईले प्रतिवद्धता मन्तब्य राख्दै संस्थाको गरीमा र शाखलाई उँचो बनाउन कमल बस्नेतको नेतृत्वमा रहने कर्मचारी वर्ग र आफ्नो नेतृत्वको सञ्चालक समितिले काँधमा काँध मिलाएर काम गर्ने दृढता ब्यक्त गर्नुभयो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारसिम्रिकको १० औं साधारणसभा सम्पन्न
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img