Homeसमाचारझापा नाटक घरका लागि पत्रकार र कलाकारको सहयोग

झापा नाटक घरका लागि पत्रकार र कलाकारको सहयोग

बिर्तामोड । जन्मदिनको अवसर पारेर झापा बुद्धशान्तिका एक सञ्चारकर्मी रोशन भट्टराईले झापा नाटक घरलाई सहयोग गरेका छन् ।
जनआन्दोलन साप्ताहिक तथा जनआन्दोलन डटकमका बुद्धशान्ति प्रतिनिधि रहेका रोशन भट्टराईले आफ्नो जन्मदिन क्षितिज नाट्य समूह झापाको अगुवाईमा झापाको बिर्तामोड–१ देवी पञ्चकन्या उत्तरमा निर्माणाधिन बहुभाषी, बहुजाति, बहुसांस्कृतिक संग्रहालयसहितको झापा नाटक घरका लागि सहयोग गरेका हुन् ।
जन्मदिनमा फजुल खर्च गर्नुभन्दा सामाजिक कार्यमा लगाउनु पर्ने सकारात्मक सन्देशले जानुका साथै नाटक घर निर्माणमा पनि सहयोग पुग्ने देखेपछि आफूले नाटक घरका लागि ईँटा थपेको भट्टराईले बताए ।
प्रदेश नं. १ कै ऐतिहासिक धरोहरका रुपमा निर्माण भइरहेको झापा नाटक घर निर्माणमा सवै जातजाति, भाषाभाषीको अपनत्व गराउने उद्देश्यले झापा नाटक घर निर्माण समितिको आह्वानमा शुरु गरिएको एक व्यक्ति एक इँटा समर्पण अभियान अन्तर्गत आफ्नो जन्मोत्सवको अवसर पारेर पत्रकार भट्टराईले झापा नाटक घर निर्माणका लागि १ सय ५५ वटा इँटा बराबरको रकम हस्तान्तरण गरेका थिए ।
झापा नाटक घरमा आयोजित कार्यक्रममा पत्रकार भट्टराईले क्षितिज नाट्य समुहका केन्द्रीय अध्यक्ष तथा झापा नाटक घर निर्माण व्यवस्थापन समितिका सचिव माधब कल्पित र झापा नाटक घर निर्माण उपभोक्ता समितिका वरिष्ठ उपाध्यक्ष हरिप्रसाद भण्डारीलाई १ सय ५५ वटा इँटा बराबरको रकम हस्तान्तरण गरेका हुन् ।
रकम हस्तान्तरण गर्दै पत्रकार भट्टराईले जन्मोत्सवमा गरिने फजुल खर्चलाई कटौती गर्दै झापा नाटक घर निर्माणका लागि सहयोग गर्न पाएकोमा खुसी व्यक्त गरे । उनले झापा नाटक घर निर्माणका लागि सहयोग गर्न सवैलाई आग्रह गरे ।
कार्यक्रममा झापा नाटक घर निर्माण व्यवस्थापन समितिका सचिव माधव कल्पितले पत्रकार भट्टराईले गरेको कार्यको प्रशंसा गरेका थिए ।
सवैको साथ र सहयोग विना बहुजाति, बहुभाषी, बहुसांस्कृतिक संग्राहलयसहितको झापा नाटक घर निर्माण सम्पन्न नहुने भएकाले धनी, गरीव सवैले मेरो झापा नाटक घर भनेर गर्व गर्न लायक बनाउन एक व्यक्ति एक इँटा समर्पण अभियान शुरु गरिएको र अभियानबाट हालसम्म २० लाख रुपैयाँ भन्दा वढी संकलन भएको र त्यस रकमबाट आवश्यक जमिन खरिद गरिने उनले बताए ।
सोही कार्यक्रममा एक व्यक्ति एक इँटा समर्पण अभियान अन्र्तगत नाट्य कलाकार सृष्टी आचार्यले छ हजार रुपैयाँ र कलाकार मदन आश्रित चुडालले चार हजार रुपैयाँ क्षितिज नाट्य समुहका केन्द्रीय अध्यक्ष तथा झापा नाटक घर निर्माण व्यवस्थापन समितिका सचिव माधब कल्पित र झापा नाटक घर निर्माण उपभोक्ता समितिका वरिष्ठ उपाध्यक्ष हरिप्रसाद भण्डारीलाई उक्त रकम हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा झापा नाटक घर निर्माण व्यवस्थापन समितिका सचिव माधब कल्पितले बिर्तामोड–१का मनोज निरौलाले निःशुल्क प्रदान गरेको साढे तीन कठ्ठा जग्गा र निरौलाकै छ कठ्ठा जग्गा १० वर्ष लिजमा लिएर निर्माण कार्यको थालनी गरिएको बहुजाति, बहुभाषिक, बहुसांस्कृतिक संग्रहालय सहितको झापा नाटक घरको निर्माणको ४० प्रतिशत कार्य सम्पन्न भएको जानकारी दिनुभयो । कोरोना संक्रमणबाट बच्न सरकारले जारी गरेको लकडाउनका कारण झापा नाटक घर निर्माण कार्य रोकिए पनि केही दिनमै सुचारु गरिने उनले जानकारी दिए ।
दुई करोड ५० लाख रुपैयाँको लागतमा एक वर्ष अगाडि निर्माण कार्यको थालनी गरिएको झापा नाटक घरको निर्माण सकेर बहुजाति, बहुभाषिक, बहुसांस्कृतिक संग्रहालयको निर्माण थालनी गरिने उनले वताए । बहुजाति, बहुभाषिक, बहुसांस्कृतिक संग्रहालयको लागि बहुवर्षे गुरुयोजनामा निर्माण हुनेगरी डीपीआर तयार भइरहेको उनले वताए ।
उनले झापा नाटक घर निर्माण गर्न आर्थिक वर्ष २०७७÷०७८ का लागि जग्गादाता मनोज निरौलाको अध्यक्षतामा ११ सदस्यीय झापा नाटक घर निर्माण उपभोक्ता समिति र नचानु विष्णु श्रीजङ्घा टोल विकास संस्थाका अध्यक्ष भोजकुमार मास्केको अध्यक्षतामा तीन सदस्यीय झापा नाटक घर निर्माण अनुगमन समिति गठन गरिएको बताए ।
कार्यक्रममा बाल गायिका कृपा पौडेलले गीत प्रस्तुत गरेकी थिइन् भने गायक तथा संगीतकार निरज पोखरेल, गोविन्द रहपाल, मणीकुमार वर्देवा ,जितेन्द्र श्रेष्ठ, राजु सुव्बा लगायतले स्वागत गीत र शुभकामना गीत प्रस्तुत गरेका थिए ।
क्षितिज नाट्य समुहका केन्द्रीय अध्यक्ष तथा झापा नाटक घर निर्माण व्यवस्थापन समितिका सचिव माधब कल्पितको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन कलाकार मदन आश्रित चुडालले गरेका थिए ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारझापा नाटक घरका लागि पत्रकार र कलाकारको सहयोग
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img