Homeसमाचारचन्द्रगढी सामुदायिक वनको बार्षिक सभा सम्पन्न

चन्द्रगढी सामुदायिक वनको बार्षिक सभा सम्पन्न

भद्रपुर । असोज २४ गते शुरु भएको चन्द्रगढी सामुदायिक वन उपभोक्ता समह चन्द्रगढी झापाको २१ सौं बार्षिक साधारण परिषद सभा भद्रपर–९ स्थित मुना सामुदायिक वनमा संचालन भइरहेको छ ।
साविक चन्द्रगढी ६ र २ का सदस्यहरु बीच हिजो सम्पन्न भएको सभा आइतबार भने वार्ड नं ४ र ९ का परिषद सदस्यहरु बीच र बन्द सत्रसहित आज सम्पन्न भएको हो ।
वन उपभोक्ता समूहका अध्यक्ष हिराप्रसाद पोखरेलको अध्यक्षता तथा सचिव सकुन्तला पोखरेलको संचालनमा आइतवार सम्पन्नसभामा सहभागी परिषद सदस्यहरुले कोषाध्यक्षको प्रतिवेदनमा देखिएको बेरुजु हिसाव, बैज्ञानिक वन व्यवस्थापन, हात्ती नियन्त्रणका विषयमा अहिलेसम्म भैरहेको पहल लगायतका विविध विषयमा जिज्ञासा राखेका थिए ।
सदस्यहरुको जवाफ दिदै अध्यक्ष पोखरेलले हात्ती नियन्त्रणका लागि विद्युतीय तारवारको व्यवस्था, भइरहेको, वृक्षारोपण लगायतका कार्यहरु निरन्तर चलिरहेको बताउदै नेपाल सरकारले बैज्ञानिक वन व्यवस्थापनको स्वरुप खारेज गर्दै दिगो वन व्यवस्थापनको कार्ययोजना ल्याउन गृहकार्य भैरहेकोले हाललाई बैज्ञानिक वन व्यवस्थापनको कार्य स्थगित रहेको बताउनु भयो ।
उहाँले हालको कार्य समितिले पारदर्शी रुपमा आर्थिक कारोवार गरिरहेको बताउदै अघिल्लो कार्य समितिको वेरुजु निरन्तर देखिएको समेत प्रष्ट पार्नुभयो ।
परिषदसभाको अन्तिम दिन भोली सोमवार भने साविक चन्द्रगढी ३ र ५ का वार्ड परिषद सदस्यहरु बीच संचालन गर्दै सम्पन्न गरिने सचिव सकुन्तला पोखरेलले वताउनु भयो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारचन्द्रगढी सामुदायिक वनको बार्षिक सभा सम्पन्न
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img