Homeमहिलाके मानवीयता हराएकै हो त ? सरकार किन अन्त्य हुँदैन बलात्कार ?

के मानवीयता हराएकै हो त ? सरकार किन अन्त्य हुँदैन बलात्कार ?

कञ्चना ढकाल सिटौला

हामी २१ औं शताब्दीको सभ्य समाजको कल्पना गर्दै स्वतन्त्र गतिविधि, रहन–सहन र शान्तिपूर्ण अमन–चयनको अपेक्षा गरिरहेका छौं । तर, आज छोरीहरु स्वतन्त्रतापूर्वक निर्भयताका साथ आफ्ना गतिविधिहरुमा सम्लग्न हुन सकिरहेका छन त ? देशका विभिन्न ठाउँमा महिला तथा बालबालिकाहरु माथि भइरहेको हिंसा, हत्या र बलात्कार जस्ता सयौं घटनाहरुले बालबालिका तथा महिलाहरुको सुरक्षाको विषयमा गम्भीर प्रश्न उब्जाएको छ ।
असोज १७ गते शनिवार विहान समाचारमा फेरि अर्को बलात्कार पछि हत्याको खबर सुन्दा साँच्चि नै अब मानवता सकिंदै गए जस्तो लागेको छ । देशका हरेक क्षेत्रमा दैनिक रुपमा महिला तथा बालबालिका बलात्कृत भएका तथ्यहरु बाहिर आइरहेका छन् । बलात्कारपछि हत्याको प्रकृति झन डर लाग्दो छ । बलात्कार पछि हत्या, हिंसा जस्तो जघन्य आपराधिक कार्य बढिरहेको छ । असोज १२ गते बझाङको मस्टा गाउँपालिकाकी १२ वर्षीया सम्झना कामीको बलात्कार पछि हत्या भएको घटना ताजै छ, आलै छ ! फेरि १६ असोजमा रौतहटको बृन्दावन नगरपालिका–४ की १३ वर्षीया बालिका सन्जाकुमारी साह (सन्जा) को उखुवारीमा निर्वस्त्र अवस्थामा शब फेला पर्यो । बिहान ९ बजे घाँस काट्न भनेर गएकी सन्जा अवेरसम्म घर नआएपछि परिवार र छिमेकीहरुले खोज्दै जाँदा उखुबारीमा फेला परेकी थिइन । उनका घाँटीमा चोट देखिएका कारण बलात्कार पछि हत्या गरिएको दावी परिवारले गरिरहेको छ ।


असोज १८ गते आइतबार भक्तपुरमा बसभित्र सामुहिक बलात्कारको खबर आइरकेको छ । यसरी एकपछि अर्को घटना निरन्तर दोहोरिरहँदा अपराधमा संलग्नहरुलाई कडा कारवाही भएको सुन्न पाइएको छैन । अब प्रश्न उठ्छ । प्रोत्साहन किन पाइरहेका छन् अपराधमा संलग्नले ? बलात्कारी र हत्यारालाई किन सार्वजनिक गर्न सकिरहेको छैन राज्यले ? एकप्रति अर्काको ‘इन्सानियत’ सकिंदै आएको अवस्था छ, आफ्नै परिवारका कतिपय दाजु भाई, काका, मामा, हजुरबुबा र बाबु जस्तो अत्यन्त नजिकको (नातामा) हाडनाताभित्रका (नातेदार संग) सम्बन्धका व्यक्तिहरुबाट पनि बारम्बार बलात्कारका शिकार भएका घटना सुनेका मात्रै होइन समाजमा देखेका पनि छौं, गएको असार ३१ गते (गरामनी हाल विर्तामोड नगरपालिका झापा) वडा ननं– ८ बाट १२ वर्ष र ७ वर्षकी बालिकाहरुलाई सुरक्षित उद्दार गरिएको थियो । नानीले आफू असुरक्षित भएको र बारम्बार आफूमाथि आफ्नै बाबु हुँ भन्नेले निर्वस्त्र बनाई बलात्कार गरेको कारुणिकता भावविह्ल हुँदै सुनाइन । – हाम्रो कोही पनि छैन, आमाले छोडेर हिडेको एकवर्ष भयो र आफ्ना आफन्त परिवारहरु तथा घर पनि थाहा छैन, बेलुका जहिले लुगा खोलेर सुत् भन्थ्यो म मान्दिन थें, बहिनीलाई तल भुँईमा सुताउँथ्यो मलाई माथि खाटमा सुत्न लगाउँथ्यो, म लुगा नखोली सुतेको हुन्थे, तर, थाहा पाउँदा नाङ्गै हुन्थे, आमा हिंडेकी दिनदेखि बाबा भनाउँदोले हामीलाई कहिल्यै पनि नभेटोस्,–‘डर थियो कुनै दिन बाबा भनाउँदोले भेट्यो भने मार्छ ।’–‘भेट्यो भने अलिअलि पनि सास राख्दैन ।’ बालिकाले रुँदै पोखेको यो पीडाबाट निकाल्न स्थानयि केही व्यक्तिको सहयोगमा सफल भएका थियौं । थाहा नै नपाईने हेर्दा परिवार भित्र छन्, तर धेरै बालिकाहरु यस्ता दलदलभित्र फसेको छन्–उनीहरुलाई समायमा उद्दार गर्न नसकेको भए तिनीहरुको पनि जीवन रहन्थ्यो भन्नेमा शंका छ ।
यी घटनालाई नियाल्दा बालबालिका तथा महिलाहरु यस्ता जधन्य अपराधको शिकार भइरहेका छन् । यस्ता अपराधीहरु कानूनी दायरामा ल्याउन सकेको छैनन् – जस्तै :–निर्मला पन्त हत्याकाण्ड, अपराधिलाई आजसम्म कानूनी दायरामा ल्याउन नसक्नु, अपराधी पत्ता लगाउन नसक्नुले हजारौं शंका उत्पन्न भएका छन् । निर्मलाको न्यायका लागि हरेक पक्षबाट सडक तताए÷तातेपनि हत्यारा पक्राउ पर्न सकेका छैनन् । न्याय मरेको अवस्था छ । बलात्कार र हत्याका घटनामा न्याय मरेको निर्मला काण्ड प्रतिकात्मक घटना हो । सयौं निर्मलाहरुको हविगत उस्तै देखिएको छ ………!!!
मेरो सम्झनामा २०३८ साल जेठ १६ गते काठमाडौंबाट पोखरा आएका नमिता, सुमीता र निरा पराजुली घर फर्केनन । उनीहरुको पनि सेती नदीमा शब फेला परेको थियो, यसरी यी तिनैको बलात्कार पछि हत्या भएको कुरा विभिन्न रिपोर्टहरुबाट प्रस्ट भएको थियो । त्यो समयमा अपराधिक कार्यले ठूलो मुद्दा बनेर देशव्यापी रुपमा विरोध भएको थियो, जसरी निर्मला हत्याकाण्डले न्यायका लागि चोतर्फी आवाज उठे पनि न्याय नपाई रहेको अवस्था छ–त्यस्तै नमिता, सुमिता र निरा हत्याकाण्डलाई त्यस समय नउठाएका होइनन् तर अपराधी स्वतन्त्र हिंडिरहेका छन भने न्यायका लागि पर्खेर बसेका परिवार अझै पनि न्यायको खोजि मै छन् । कतिपय अपराधी सामान्य सजाँय र केही वर्ष कारागार पछि उन्मुक्ति पाएको अवस्था बनिरहेको छ । यसर्थ आज महिला तथा बालबालिका हिडडुल, गतिविधि गर्ने नैसर्गीक अधिकार प्रयोग गर्न सक्दैनन । किन छोरी सुरक्षित हुन सक्दिनन् ? यो सोचनयि र जटिल विषय बनेको छ । यीसारा प्रश्नहरुको जवाफ खोज्न जरुरी छ । आज छोरी सुरक्षाको विषय गम्भीर बन्दै गइरहेको छ । मानव सभ्यताभित्र, मानवियता संवेदनशिलता, मानव चरित्र, मानवीय धर्म आदि कुराको कुनै अर्थ रहँदैन् । यी माथिका सत्य घटनाले सोच्न बाध्य बनाएको छ । हाम्रो समाज मानवीयताबाट दानवीय तिर गइरहेको आभाष भइरहेको छ । आज हजारौं आमाहरुका चित्कार पीडा पुकारहरु न्यायका लागि कुरिरहेका छन् । अपराधीलाई कडा सजाँय दिन किन सकिरहेको छैन ? यो सरकारले, यो संविधानले, यो कानूनले अपराधीलाई हदैसम्मको सजाँय दियोस् ।
यसरी बलात्कार हिंसा बढ्दै जानुमा कानूनी रुपले कमजोरी रहनु पनि हो । महिलालाई हेर्ने दृष्टीकोण सामाजिक तथा कानूनी दृष्टिकोण समान छैन छोरी अर्काको नासो भन्ने हाम्रो परम्परा अझैं छँदैछ, यसमा पनि छोरीमाथि कुनै घटना घटे भने बद्नाम हुन्छ भन्ने डरले ढाकछोप गर्ने गर्दा अपराधिको मनोवल बढ्ने र अझै ठूला अपराधका घटना गर्न उत्प्रेरित हुन्छन् । यस्ता कारण कतिपय घटनाहरु बाहिर नल्याउने र भित्रै लुकाएर राखिएको अवस्थामा छैनन् भन्न सकिन्न ।! यिनै विविध कारण अपराधीको मनोवल दिनानु दिन बढेको र यस्ता घटनाहरु दोहोरिरहेको यथार्थता हो । फितलो कानूनी व्यवस्थाका कारण अनि कानून कार्यान्वयनको पक्ष दरो नहुनुका कारण हदैसम्मको सजाँय अपराधीले नपाउनु कै कारण हिंसा, बलात्कार हत्या जस्ता जधन्य अपराध बढिरहेका छन् ।
अन्य मुलुकमा बलात्कार तथा हत्या हिंसा जस्ता जधन्य अपराधमा संलग्नलाई अपराधको कठघरामा उभ्याई सर्वस्वहरण, अंगभंग, देखि मृत्यु दण्ड सम्मको सजाँयहरु छन् । जसका कारण अपराधका संख्या घटाउन सकेका छन् । भर्खरै मात्र नेपालको संसदमा महिला संसदहरुले यस्ता जधन्य अपराधीहरुलाई मृत्युदण्ड दिनुपर्छ भनेर आवाज उठाएका छन् । यसरी राजनीतिक क्षेत्रबाट माथि जाने महिला दिदी–बहिनीहरु ३३ प्रतिशत महिलाका अधिकार पाइरहँदा हामीलाई यस्ता घटनाहरुले चुनौति दिएको छ ।
जे होसु, बलात्कार तथा हत्यमा संलग्न अपराधिलाई कडा भन्दा कडा सजाँय कानूनले दिएमा फेरि सम्झना,माया विक, सुस्मीता निर्मला जस्ता हजारौ छोरीहरु बलात्कारका शिकार हुनबाट बच्ने थिए । उनीहरु सुरक्षित र स्वतन्त्र हुने थिए । यसका लागि सबै तहबाट (पक्ष) उठाउन जरुरी छ, यस्ता घटनाहरु न्यूनिकरण भन्दा निमिट्यान्न पार्न सबै एक भएर लागौं । सरकार त भेटियो तर न्याय नभेटिएको अवस्था छ । सबै महिलाहरु र न्याय प्रेमीहरुले न्यायको खोजि गरौं ।
अन्त्यमा ः– नारी संसारकै जननी । उन विना नारीको घर संसार सम्भव छैन, घर समाज गाउँ वस्ती शहर राष्ट्र र संसारलाई चलायमान बनाउन नारी विना कल्पना गर्न पनि सकिन्न । यिनको वात्सल्यताले दुःख दर्द हराएर जान्छ, त्यसैले सबैले नारीप्रति सम्मानको दृष्टिकोणले हेरौं, सबैको समान हकको, समान स्वतन्त्रताको समान हैसियतको समान व्यवहारको अवसरबाट बञ्चित हुनबाट जोगाऊ । सबले सक्षम र निर्भिक स्वतन्त्र नारी निर्माणमा आ–आफ्नो ठाउँबाट भूमिका निर्भाह गरौं । बलात्कार र हिंसा मुक्त समाज निर्माण होस भन्ने कामना गरौं ।
धन्यवाद ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
महिलाके मानवीयता हराएकै हो त ? सरकार किन अन्त्य हुँदैन बलात्कार ?
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img