Homeसमाचारआत्मानन्द सेवालुङ माङहिम निर्माणका लागी बिभिन्न समिति गठन

आत्मानन्द सेवालुङ माङहिम निर्माणका लागी बिभिन्न समिति गठन

हल्दिवारी । झापाको हल्दिबारी १ मा आत्मानन्द सेवालुङ माङहिम (मन्दिर) निर्माणका लागि बिभिन्न समिति गठन भएका छन् । माङहिम निर्माणका लागि गत असोज १७ गते पूर्णबहादुर लिङदेनको अध्यक्षतामा ११ सदस्यीय मूल समिति गठन भएको थियो । समितिको उपाध्यक्षमा प्रेम माया ईमबुङ , सचिव गीता राई , कोषाध्यक्ष टिका सिगु र सहसचिवमा भिष्म लिङदेन रहनुभएको छ ।
सदस्यहरुमा नेत्र प्रसाद पौडेल , सोमनाथ सुबेदी , पुष्प चौधरी , कुमार गजमेर ,आशिक अव्दुल र तिलबहादुर सिगु रहेका छन् । यसैगरी टिका पौडेल संयोजक रहेको ७ जनाको सल्लाहकार समिति समेत निर्माण गरिएको छ । उक्त समितिमा डम्बरसिं सिगु, टोलनाथ सुबेदी, हर्क लिङदेन, डिल्लीसिं लिङदेन र सुरेश लिङदेन रहेका छन् । त्यस्तै बाबुराम पन्धाक संयोजक रहेको माङसेवा समितिमा तिलबहादुर सिगु , रोशन लिङदेन, मोहन लिङदेन, शान्ता काम्बाङ, गजेन्द्र लिङदेन लगायत सदस्य रहेका छन् ।
सोहि अवसरमा आत्मनन्द सेवालुङ मन्दिरका लागी स्थानीय समाजसेवी तथा माङहिम निर्माण मुल समिति अध्यक्ष पूर्णबहादुर लिङदेनले आफ्नो स्वर्गीय मातापिता बलबहादुर लिङदेन र कुमारी थुपुको थेवेको नाममा २ कठ्ठा जग्गा प्रदान गर्नुभएको छ । माङसेवा सावा बाबुराम पन्धाकको अध्यक्षता रहेको कार्यक्रममा प्रमुख अतिथि समेत रहेका गाउँपालिका अध्यक्ष रबिन्द्र लिङदेनले अबको टोल–टोलमा हुने धार्मिक तथा पर्यटकीय विकास निर्माणदेखि सबै कामको अगुवाइ स्थानीयले गर्ने बताउनुभयो ।
कार्यक्रम संयोजक तथा किरात धर्मगुरुका निजी चिकित्सक खगेन्द्र लिङदेनले औचित्यबारे प्रकाश पार्दै बिश्व शान्ति मानव एकता कायम गरौँ भन्ने मूल नारासहित किरात धर्मावलम्बिहरुको मात्र नभएर सवै धर्मानुरागीहरु मिलेर आफ्नो गाउँ ,समाजको सांस्कृतीक , धार्मिक पर्यटकिय बिकासमा धर्मको महत्वपूर्ण योगदान रहेको चर्चा गर्नुभयो । उहाँले बिश्वव्यापि रुपमै माङहिम व्यापक बनाउने योजनामा लागि परेको बताउनुभयो । यसैगरी हल्दिबारी १ का अध्यक्ष त्रिलोचन सापकोटाले माङहिम निर्माणमा सवैलाई कटिबद्ध रहि कार्य गर्न निर्देशन दिँदै उक्त कार्यमा वडासमिति सँधै सहयोगका लागी तयार रहने प्रतिबद्धता जनाउनु भयो ।
यस्तै, बिर्तामोड ५ का अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले स्वर्गीय भारतीय भुपू सैनिक बलबहादुर लिङदेनको लिङदेन बंशावलीमा छुङै योगदान रहेको बताउँदै २०२६ सालमा पहाडी भुभाग देखि तराई झर्ने क्रममा भुपू सैनिक प्रतिनिधीको नाताले दोरुम्बा गाउँपालिकाका बिभिन्न जातजातीहरुलाई झार्ने कार्य गर्नुभएको स्मरण गर्नुभयो । उहाँको स्मृतिमा माङहिम निर्माणका लागि जग्गा प्रदान गरेर छोरा पूर्णबहादुर लिङदेनले गर्नुभएको योगदानको प्रशंसा समेत गर्नुभएको थियो ।
हल्दिबारीका जनप्रतिनीधि पदम राई , समाजसेवी गोपालप्रसाद चुँडाल टंकिनाथ योङहाङ लगायतको आतिथ्य रहेको कार्यक्रमको सञ्चालन भिष्म लिङदेनले गर्नुभएको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारआत्मानन्द सेवालुङ माङहिम निर्माणका लागी बिभिन्न समिति गठन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img