Homeसमाचारप्रपर्टी डिलर्स एशोसिएसनको चौथो साधारणसभा सम्पन्न

प्रपर्टी डिलर्स एशोसिएसनको चौथो साधारणसभा सम्पन्न

झापा । संस्थाका सहयोगीलाई सम्मानसहित विविध प्रपर्टी डिलर्स एशोसिएसन अफ नेपालको चौथो बार्षिक साधारणसभा विर्तामोडमा सम्पन्न भएको छ ।
एसोशिएसनका केन्द्रीय अध्यक्ष राजकुमार मेवाहाङ राईको अध्यक्षतामा सम्पन्न साधारणसभामा संस्थालाई आर्थिक तथा भौतिक रुपमा सहयोग गर्ने ५ सहित ३६ जनालाई सम्मान पत्र र खादाद्वारा सम्मान गरिएको थियो । यसरी सम्मानित हुनेहरुमा सूर्योदय नगरपालिका–११ का ठाकुर राई (इलाम), सोही ठाउँका पुष्प भट्टराई, विर्तामोड–४ का हरि ओझा (झापा) मेचीनगर–१४ का प्रेमबहादुर थापा(झापा) र चिनादेवी उप्रेती (विर्तामोड–५, झापा) सहित ३६ जनालाई सम्मान गरिएको अध्यक्ष मेवाहाङ राईले जानकारी दिनुभयो ।
कार्यक्रममा प्रपर्टी डिलर्स एशोसिएसन अफ नेपाल झापाका अध्यक्ष रोशन बोहरा, राम मैनाली, मोहन पायुम लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
साधारणसभाले निर्णय प्रपर्टी डिलर्स एशोसिएसन अफ नेपालका सम्पूर्ण जिल्ला समितिहरु, घर जग्गा ब्यवसायी संघ मोरङ, चितवन जग्गा तथा आवास संघ, गैंडाकोट घर जग्गा बिकास संघ, रुपन्देही घर जग्गा ब्यवसायी संघ, गण्डकी आवास तथा जग्गा बिकास संघ, परासी घर जग्गा ब्यवसायी संघ लगायतका दर्जनौं घर जग्गा ब्यवसायसंग सम्बन्धित संस्थाहरु प्रपर्टी डिलर्स एशोसिएसन अफ नेपालको अगुवाइमा घर–जग्गा ब्यवसायी महासंघ निर्माण गर्ने निर्णय समेत गरेको बताइएको छ ।
संस्थागत प्रतिवेदन अध्यक्ष राईले र आर्थिक प्रतिवेदन कोषाध्यक्ष टहलदास ओलीले प्रस्तुत गर्नुभएको थियो ।सचिव डेशरकिरण राईले सञ्चालन गरेको कार्यक्रममा स्वागत वरिष्ठ उपाध्यक्ष अर्जुनकुमार उप्रेतीले गर्नुभएको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारप्रपर्टी डिलर्स एशोसिएसनको चौथो साधारणसभा सम्पन्न
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img