झापा /क्षेत्र ‘क’ सम्मेलनको क्षेत्रीय वक्तृत्वकला प्रतियोगितामा विरता लेडीकी प्रस्तुती सेलिशा उप्रेतीले प्रथम भएकी छिन् ।
नेपाल जेसीज नेपाल जेसीजको कार्यक्रम अन्तरगत, उर्लाबारी जेसीजको आतिथ्यमा असोज १३ गतेबाट शुरुवात भई सम्पन्न, क्षेत्र ‘क’ सेमि सम्मेलनको दोस्रो दिनको कार्यक्रम अन्तरगत असोज १४ गते सम्पन्न, नेपाल जेसीज, वर्ष –२०२० का राष्ट्रिय अध्यक्ष जेसीआई सिनेटर अशोक शंकरको वर्ष प्रकरण ‘परिवार साथी र भविष्य विषयक’ वक्तृत्वकला प्रतियोगितामा सहभागी १५ जना प्रतिष्पर्धीलाई पछि पार्दै, विरता लेडी, झापाकी सदस्य जेसी सेलिशा उप्रेतीले प्रथम भएकी हुन् ।
पर्वत जेसीज पूर्व अध्यक्ष तथा नेपाल पूर्व राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष जेसी अर्जुन चापागाईंको संयोजकत्वमा रहेको निर्णयक मण्डलबाट उक्त प्रतियोगितामा दुहबी जेसीजका सदस्य जेसी आशिष कोइरालाले द्वितीय स्थान र झुम्का जेसीज, वर्ष –२०२० का उपाध्यक्ष जेसी दिपेश बराइलीले तेस्रो स्थान हासिल गरेका छन् ।
नेपाल जेसीज, वर्ष –२०२० का वर्ष –२०२० का क्षेत्र ‘क’ निरुपित कार्यकारिणी उपाध्यक्ष तथा क्षेत्र ‘क’ सम्मेलन सभापति जेसीआई सिनेटर जेसी विजय गुरुङको प्रमुख उपस्थितिमा सम्पन्न प्रतियोगिताको सहजीकरण, नेपाल जेसीज, वर्ष –२०२० का क्षेत्र ‘क’ निरुपित राष्ट्रिय उपाध्यक्ष जेसी कृष्ण सापकोटाको रहेको थियो ।
क्षेत्रीय वक्तृत्वकलामा विरता लेडी प्रथम

































































































