झापा । झापामा ४१ औं सामाजिक सेवा दिवस सप्ताह व्यापी कार्यक्रम गरी मनाइएको छ । सामाजिक सेवा दिवसको अवसर पारेर झापाको मेचीनगर नगरपालिका–७ स्थित जागृत बाल उद्दार केन्द्रमा रहेका १४ जना बालबालिकालाइ खाद्यान्न सामाग्री वितरण गरिएको छ ।
लुथरन विश्व फेडेरेसन नेपालको सहकार्य तथा न्याय तथा विकासका लागि सामाजिक संजाल ९क्ल्(व्म्० र गैर सरकारी महासंघ झापाको आयोजनामा मेचीनगर नगरपालिका वडा नं–७ स्थित जागृत बाल उद्दार केन्द्रमा रहेका अनाथ,पारिवारिक विचलन भएका संखवासभा, ताप्लेजुङ्ग, तेह्रथुम, भोजपुर लगायतवाट उद्दार गरी ल्याइएका १४ जाना बालबालिकालाई चामल, दाल, नुन, तेल, फलफुल लगायतका सामाग्री वितरण गरिएको थियो । गैर सरकारी महासंघ झापाका अध्यक्ष हरि गौतमको अध्यक्षता तथा जिल्ला समन्वय समिति झापाकी उप–प्रमुख मिना पराजुलीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा गैसस महासंघका केन्द्रिय सदस्य छविलाल खतिवडा, न्याय तथा विकासका लागि सामाजिक संजालका कार्यक्रम संयोजक कुमार चुडाल लगायतले उक्त सामाग्री वितरण गरेको न्याय तथा विकासका लागि सामाजिक संजालका प्रतिनिधि रंजन धमलाले जानकारी दिए ।
साामजिक सेवा दिवसको सप्ताहब्यापी कार्यक्रम अन्तर्गत यस अघि लुथरन विश्व फेडेरेसन नेपाल, न्याय तथा विकासका लागि सामाजिक संजाल र गैसस महासंघ झापाको आयोजनामा मेची अञ्चल अस्पतालको आईसोलेसनमा रहेका २८ जना विरामीहरुलाई फलफुल वितरण गरिएको गैसस महासंघ झापाका अध्यक्ष हरि गौतमले जानकारी दिए ।
त्यस्तै लुथरन विश्व फेडेरेसन नेपालको सहकार्य तथा न्याय तथा विकासका लागि सामाजिक संजालले झापा गाउँपालिका तथा गौरीगंज गाउँपालिकामा रहेका अपाङ्गता भएका २२० जना महिलाहरुलाई डिग्निटी किट्स प्रदान गरेको न्याय तथा विकासका लागि सामाजिक संजालका अध्यक्ष सोमनाथ भट्टराईले जानकारी दिए । गौरीगंज गाउँपालिकामा भएको कार्यक्रममा गौरीगंज गाउँ पालिकाका उपाध्यक्ष दिपेन्द्र थापा, प्रमुख प्रशासकीय अधिकृत राजु दाहाल, गौरीगंज अपाङ्गता सहयोग समितिका अध्यक्ष शेरमान बुढाथोकी लगायतले उक्त सामाग्री हस्तान्तरण गरेका थिए ।

झापा गाउँपालिकाकामा भएको कार्यक्रममा झापा गाउपालिकाका अध्यक्ष जयनारायण शाह, उपाध्यक्ष कुन्ती बुढाथोकी, लुथरन विश्व फेडेरेसनका कार्यक्रम अधिकृत यज्ञमूर्ति गौतम तथा अपाङ्गता समावेसी विकास समिति झापा अध्यक्ष रामराज गणेश, मानव अधिकारकर्मी दिपक दास लगायतले सामाग्री हस्तान्तरण गरेका थिए । कार्यक्रमको संचालन झापा गाउँपालिकाका प्रशासन अधिकृत हिमाल मिश्रले गरेका थिए ।
डिग्निटी किट्समा लुगा धुने सावुन, नुहाउने सावुन, चप्पल, व्रस, पेष्ट, झोला, काईयो, नेल कटर, सिटी, टर्च लाईट, पुन ः प्रयोग गर्न मिल्ने सेनेटरी प्याड लगायतका सामाग्री रहेको थियो ।
सोहि कार्यक्रममा स्वास्थ्यकर्मीहरु राधिका ढुङ्गाना, विनिता तामाङ्ग र प्याड यात्राकी अभियान्ता प्रकृति न्यौपानेले पुनः प्रयोग गर्न मिल्ने सेनेटरी प्याड प्रयोग गर्ने तरिका र त्यसको फाइदाका बारेमा सहजीकरण गरेको न्याय तथा विकासका सामाजिक संजालका अध्यक्ष सोमनाथ भट्टराइले जानकारी दिए ।

































































































