Homeसमाचारडा. केसी र कुलमानको समर्थनमा नेविसंघ

डा. केसी र कुलमानको समर्थनमा नेविसंघ

शनिश्चरे । नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघले डा.गोविन्द केसीको जीवन रक्षा र कुलमान घिसिङको पुनः नियुक्तिको माग गर्दै सोमबार शनिश्चरेमा विरोध प्रदर्शन गरेको छ ।
नेपाल विद्यार्थी संघ अर्जुनधारा नगरसमितिको आयोजनामा भएको विरोध कार्यक्रममा पाठ्यक्रम विकास बोर्डलाई दिइएको निर्देशन फिर्ता गर, हुम्लाको लाप्चा क्षेत्रमा भएको चिनियाँ अतिक्रमण बन्द गर, लगायतका नारासहित नगर परिक्रामा गरी देवकोटा चोकमा पुगेर सभामा परिणत भएको थियो ।
सभालाई नेपाल विद्यार्थी संघ अर्जुनधारा नगरसमितिका अध्यक्ष दिपिन धिमालको सभापतित्वमा सम्पन्न सभामा कांग्रेस केन्द्रीय विभागीय समितिका सदस्य मदन बुढाथोकी, जिल्ला सदस्य सरस्वती सिटौला, कांग्रेस अर्जुनधारा नगरसमिति सभापति हेमराज खरेल, नेपाल महिला संघ अर्जुनधारा नगरसमिति सभापति लीलादेवी कटुवाल, क्षेत्रीय सदस्यहरु शेखर बन र केदार खड्का लगायतको सहभागिता रहेको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारडा. केसी र कुलमानको समर्थनमा नेविसंघ
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img