Homeसमाचारकालोबजारी रोक्ने र चाडपर्व लक्षित सुरक्षा योजना ल्याउने प्रतिवद्धता,स्वागत र बधाई

कालोबजारी रोक्ने र चाडपर्व लक्षित सुरक्षा योजना ल्याउने प्रतिवद्धता,स्वागत र बधाई

विर्तामोड । झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले चाडपर्वसँगै बजारमा हुने मूल्यवृद्धि, कृतिम अभाव लगायतका कालोबजारी नियन्त्रण गर्न स्थानीय सरकार र सबै सरोकारवालासँग समन्वय गरेर तत्काल काम थाल्ने बताउनु भएको छ ।
मंगलबार विर्तामोडमा सम्पन्न समसामयिक विषयको छलफल कार्यक्रममा बोल्दै तिमिल्सिनाले उपभोक्ता अधिकार रक्षाका लागि जिल्ला प्रशासन कार्यालयले स्थानीय सरकारसहितका निकायसँग समन्वय गरेर अघि बढ्ने बताउनु भएको हो । राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष मदनगोपाल सुब्बा लगायतले उपभोक्ता अधिकारका विषयमा प्रजिअ तिमिल्सिनाको ध्यानाकर्षण गराएका थिए ।
प्रजिअ तिमिल्सिनाले प्राप्त सुझावलाई ध्यानमा राख्दै कोरोना संक्रमणको जोखिम कम गर्न तथा जिल्लामा शान्ति सुव्यवस्था मिलाउन चाडपर्व लक्षित विशेष योजना ल्याउने समेत बताउनु भयो । चाडपर्वकै बेला जनजीवनलाई सहज बनाउन उहाँले सबै क्षेत्रको सहयोगको आवश्यकता औल्याउनु भयो । छलफलमा उपस्थित विभिन्न क्षेत्रका प्रतिनिधिले प्रजिअ तिमिल्सिना तथा प्रहरी प्रमुखहरुलाई सुझाव दिएका थिए । त्यस क्रममा पेट्रोलियमको सहज उपलब्धता, लागूऔषध नियन्त्रण, महिला तथा बालबालिका हिंसा नियन्त्रण, विद्युतको अनियमित सेवा, चोरी तस्करी नियन्त्रण, स्थानीय सरकारका कर, मलको व्यवस्थापन, यातायातमा हुने भीडभाड लगायतका समस्या समाधानमा प्रजिअको ध्यानाकर्षण गराइएको थियो ।
सामाजिक अभियन्ता तथा सहारा नेपालका कार्यकारी प्रमुख महेन्द्रकुमार गिरीले जिल्लामा लागूऔषध नियन्त्रण प्रमुख चुनौतिको रुपमा देखिएको भन्दै उक्त समस्या समाधानका लागि सबै पक्ष एकीकृत ढंगले लाग्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा विर्तामोड उद्योग वाणिज्य संघका उपाध्यक्ष नारायण चिमरिया, संघका महासचिव तथा रोटरी क्लव अफ बिर्तामोड मिडटाउनका अध्यक्ष प्रशान्त भण्डारी, नेपाल महिला संघकी जिल्ला सभापति शुशिला ढकाल, नेपाल कम्युनिष्ट पार्टीकी नेतृ लक्ष्मी न्यौपाने (सरु) एबीसी नेपालकी अध्यक्ष कञ्चना सिटौला, चेम्बर अफ कमर्श झापाका अध्यक्ष ओमकृष्ण विमली, मेची पेट्रोलियम डिलर्स एसोसिएसनका अध्यक्ष नवीन कोइराला लगायतले सुझाव राखेका थिए ।
संवाद समूहको युवा टिमका सदस्य तथा विर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराईको अध्यक्षतामा भएको छलफलमा जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख कृष्णप्रसाद कोइराला, सशस्त्र प्रहरी उपरिक्षक रमेशकुमार पाण्डे, राष्ट्रिय अनुसन्धान कार्यालयका अनुसन्धान उपनिर्देशक तिलक प्रसाईं, इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रमुख मुकुन्द रिजाल, जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रकाश जबेगूलाई समेत सहभागीले सुरक्षा लगायतका विषयमा विभिन्न सुझाव दिएका थिए ।
रोटरी क्लव अफ विर्तामोडका अध्यक्ष निर्मल भट्टराई, चेम्बर आफ कमर्श झापाका संस्थापक अध्यक्ष सन्तोष अग्रवाल, युनिकम नेपालका अध्यक्ष गजेन्द्रबहादुर पौडेल, एकका लागि एक अभियानका सदस्य हरि शर्मा, पत्रकार महासंघ झापाका सहसचिव केशव भट्टराई, वैदेशिक रोजगार व्यवसायी संघका तर्फबाट भानु शिवाकोटी, ट्रेड युनियन कांग्रेसकी केन्द्रीय सदस्य उर्मिला ढकाल पोखरेल, राप्रपाकी महिला नेतृ शारदा रिजाल, महिला चेम्बर झापाकी अध्यक्ष प्रेमा भट्टराई, नेपाल उद्यमशील महिला संघ झापाकी अध्यक्ष पार्वता खरेल विमली, नेपाल रेडक्रस सोसाइटी बिर्तामोड उपशाखाकी उर्मिला विमली खरेल, वीरता जेसीजका कुशल खतिवडा लगायतले समेत सुझाव राखेका थिए ।
संवाद समूहको संयोजनमा भएको छलफलको सहजीकरण अधिवक्ता खगेन्द्र खरेलले गरेका थिए ।

सीडीओलाई स्वागत, गिरीलाई बधाई


झापा । झापामा भर्खरै जिम्मेवारी सम्हाल्न आएका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनालाई स्वागत तथा सामाजिक सेवारत्न पदकबाट विभुषित हुन लागेका सामाजिक अभियन्ता महेन्द्रकुमार गिरीलाई बधाई ज्ञापन गरिएको छ ।
सोही कार्यक्रममा विभिन्न संघ–संस्थाले प्रजिअ तिमिल्सिना र गिरीलाई स्वागत तथा बधाई ज्ञापन गरेका थिए । झापाको नयाँ प्रजिअको रुपमा तिमिल्सिनाले गत भदौ २१ गतेबाट जिम्मेवारी सम्हाल्नु भएको छ । त्यस्तै सहारा नेपाल तथा सहारा नेपाल साकोसका सचिव एवम् कार्यकारी प्रमुख रहेका गिरीको परिकल्पना र नेतृत्वमा विभिन्न अभियान सफलतापूर्वक सम्पन्न भएका छन् । यस वर्षको संविधान दिवसको दिन राष्ट्रपतिबाट गिरीलाई सामाजिक सेवारत्न पदक प्रदान गर्ने घोषणा भएको हो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारकालोबजारी रोक्ने र चाडपर्व लक्षित सुरक्षा योजना ल्याउने प्रतिवद्धता,स्वागत र बधाई
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img