Homeसमाचारउद्यमशील महिला संघको अध्यक्षमा पुनः पार्वता

उद्यमशील महिला संघको अध्यक्षमा पुनः पार्वता

विर्तामोड । नेपाल उद्यमशिल महिला संघ झापाको दोस्रो अधिवेशनले पार्वता विमलीलाई पुनः अध्यक्षमा चयन गरेको छ । अधिवेशनले दोस्रो कार्यकालका लागि विमलीलाई अध्यक्षमा चयन गरेको हो । समितिको बरिष्ठ उपाध्यक्षमा निरमाया पुलामी, प्रथम उपाध्यक्ष कुशुम राई, द्वितीय उपाध्यक्ष ऐश्वर्या पाण्डे, महासचिवमा यसोदा प्रसाई, सचिवमा देवीमाया पोखरेल र कोषाध्यक्षमा सुशिला पाठक सर्वसम्मत चयन हुनुभएको हो ।
गठित समितिका सदस्यहरुमा कमला शिवाकोटी, इन्दु सुवेदी अधिकारी, संगिता चिमरिया, पूजा सुवेदी बस्नेत, विमला न्यौपाने, सिसम शाह, दिपा पोखरेल, विना घिमिरे र निरा न्यौपाने चयन हुनुभएको छ ।
उर्मिला खरेलको संयोजकत्वमा इन्दु पूर्वेली र अम्बिका भण्डारी सदस्य रहेको निर्वाचन समितिले सर्वसम्मत रुपमा समिति गठन गर्दै निर्वाचन सम्पन्न गरेको हो ।
यसअघि सम्पन्न अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै विर्तामोड नगरपालिकाका उपमेयर पवित्रा महतारा प्रसाईले महिलाहरुले पुरुषको आम्दानीमा निर्भर रहने समय अहिले नरहेको उल्लेख गर्दै उद्यमशिलतामार्फत आर्थिक शसक्तिकरणमा महत्वपूर्ण भुमिका खेल्न महिला उद्यमीहरुलाई आग्रह गर्नुभयो ।
नेपाल उद्यमशिल महिला संघ झापाका अध्यक्ष पार्वता विमलीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल चेम्बर अफ कमर्श झापाका अध्यक्ष ओम विमली, अलैची ब्यवसायी संघ झापाका महासचिव सुवास भटराई, नेपाल प्रेस युनियन झापा अध्यक्ष इन्दु पूर्वेली, नारी सञ्चार गृह झापाका अध्यक्ष अम्बिका भण्डारी, नेपाल चेम्बर अफ कमर्श महिला अध्यक्ष पेमा भटराई, लायन्स क्लवका चेयर पर्सन अध्यक्ष शैलेन्द्र कुरुम्बाङ, लायन्स क्लव अफ विर्तामोड लेडीका अध्यक्ष उर्मिला खरेल लगायतले शुभकामना मन्तब्य राख्दै महिलाहरु हरेक काम गर्न सक्षम रहे पनि अझै समाजले पूर्ण रुपमा विश्वास गरिनसकेको धारणा राख्नुभयो ।
महिलाहरुको आर्थिक सशक्तिकरणले महिला हिंसा कम हुने र महिलामा आत्मनिर्भरता तथा आत्मविश्वास बढ्ने बताउँदै बक्ताहरुले सम्पत्तिमाथि महिलाको स्वामित्व र सर्वाधिकार बढाउनुपर्नेमा जोड दिनुभयो ।
संघका महासचिव शावित्रा दाहालले सञ्चालन गर्नुभएको कार्यक्रममा बरिष्ठ उपाध्यक्ष निरमाया पुलामी मगरले स्वागत गर्नुभएको थियो भने भीमा शिवाकोटीले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्नुभएको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारउद्यमशील महिला संघको अध्यक्षमा पुनः पार्वता
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img