भद्रपुर । नेपाल बार एशोसिएसन झापा इकाई र मानवअधिकार तथा जनसरोकार समितिले जिल्ला कारागार भद्रपुरमा रहेका कैदी बन्दीको उचित स्वास्थ्य उपचारको प्रभावकारी व्यवस्था मिलाउन माग गरेका छन् ।
बार एशोसिएसन झापाका सचिव भीमप्रसाद बराल र मानवअधिकार तथा जनसरोकार समितिका संयोजक यज्ञलक्ष्मी चौंलागाँईले एक प्रेस विज्ञप्ति जारी गर्दै यस्तो माग गरेका हुन ।
कारागारमा रहेका कैदी बन्दीको स्वास्थ्य सम्बन्धी हक सुनिश्चित गर्नु राज्यको आधारभूत दायित्व भित्र पर्ने उल्लेख गर्दै कारागारभित्रका १० जना कैदी बन्दीमा कोरोना पुष्टि भइसकेको अवस्थामा आवश्यकता अनुसार क्वारेन्टाइन, आइसोलेसन तथा अन्य सुरक्षात्मक उपायको व्यवस्थापन गरी कैदी बन्दीको नैसर्गिक हकको सम्मान गर्न आग्रह गरेका छन् ।
सचिव बराल र संयोजक चौंलागाईद्वारा जारी विज्ञप्तिमा भनिएको छ–‘कैदी बन्दीको नैसर्गिक हकको सम्मान गर्दै जिल्ला कारागार झापामा थप संक्रमण फैलन नदिन तत्काल आवश्यक तथा प्रभावकारी व्यवस्था मिलाउनुका साथै सम्पूर्ण थुनुवा कैदीका लागि उचित स्वास्ग्य उपचारको व्यवस्था मिलाउन जोडदार माग गर्दछौं ।
कैदी बन्दीको स्वास्थ्य उपचारको प्रभावकारी व्यवस्था मिलाउन माग

































































































