Homeसमाचारपेन्सन दिवसमा सर्वसाधारणलाई माक्स

पेन्सन दिवसमा सर्वसाधारणलाई माक्स

भद्रपुर । ८० औं पेन्सन दिवसको अवसरमा भापाको चन्द्रगढीमा स्थानीय सर्वसाधारणलाई सुरक्षा प्रयोजनका लागि माक्स वितरण गरिएको छ ।
निवृत्त राष्ट्रसेवक समाज नगर कार्य समिति भद्रपुर झापाले कोभिड– १९ को जोखिमबाट बच्ने र बचाउने उद्देश्यले सुरक्षा मापदण्ड अपनाउदै चन्द्रगढी स्थित लेखनाथ चौक आसपासका ५ सय बढी सर्वसाधारणलाई सर्जिकल माक्स वितरण गरिएको हो ।
माक्र्स वितरण कार्यक्रममा बोल्दै समिति अध्यक्ष मुत्तिनाथ दाहालले आफूले विगतमा औपचारिक कार्यक्रम गरेर दिवस मनाउने गरेका भएतापनि यस वर्ष कोभिड –१९ का कारण भिडभाड गर्न नमिल्ने भएको भन्दै बर्तमान परिस्थितिमा जोखिम न्युनीकरणका लागि माक्स वितरण गरिएको बताउनु भयो ।
उहांँले बिश्वव्यापी महामारीको रुपमा रहेको कोरोना भाइरसबाट आफू बच्न र अरुलाई पनि बचाउन समेत सबैले सुरक्षा मापदण्ड नियमित पालना गर्नुपर्नेमा समेत जोड दिनुभयो ।
कार्यक्रममा भद्रपुर–१० का वडाध्यक्ष टेकबहादुर खड्का काजी, समति भद्रपुर सचिव सरोजकुमार कार्की, लेखासमिति संयोजक मणी दाहाल ,समिति झापाका सल्लाकार संयोजक धनप्रसाद शिवाकोटी, क्षेत्रीय सदस्य तुलसी ढकाल, प्रहरी, स्थानीय बुद्धिजिवी लगायतका सर्बसाधारणको उल्लेख्य सहभागिता रहेको थियो ।
बिक्रम सम्बत १९९८ मा राणा प्रधानमन्त्री श्री ३ जुद्ध शमसेर जंगबहादुर राणाले सुरुमा तत्कालिन अवकास प्राप्त सेनालाई पेन्सन दिएर पेन्सन दिवसको सुरुवात गरेका थिए ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारपेन्सन दिवसमा सर्वसाधारणलाई माक्स
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img