Homeसमाचारविराटनगरमा अटोमेटिक पेस्तोल सहित ५ जना पक्राउ व्यापारीबाट पैसा असुल्ने योजना

विराटनगरमा अटोमेटिक पेस्तोल सहित ५ जना पक्राउ व्यापारीबाट पैसा असुल्ने योजना

मोरङ । बिराटनगर–४ कंचनवारी क्षेत्रबाट अटोमेटिक पेस्तोल सहित ५ जना पक्राउ परेका छन । पक्राउ पर्नेमा मोरङ कटहरी–२ का २७ बर्षीय अभिशेक राय, २८ बर्षीय रविन शर्मा, २६ बर्षीय किसन साह यसै गरी सप्तरी बोधेबर्साईनका–८ का २७ बर्षीय नन्दकिसोर साह र भारत बिहार राज्य सितामणी घर बताउने २७ बर्षीय राजु साह रहेका छन ।
उनीहरुलाई जिल्ला प्रहरी कार्यालय मोरङले मंगलबार साँझ पक्राउ गरी आज (बुधबार) पत्रकार सम्मेलन मार्फत सार्बजनिक गरेको हो । पक्राउ परेकाहरुको साथबाट १ थान अटोमेटिक पेस्तोल, ३ राउण्ड गोली, १ थान को. ३२ प. ७५२५ नम्बरको मोटरसाईकल, विभिन्न कम्पनीको १६ थान मोवायल सेट , १ थान चक्कु, kotak Mahindra नामको भारतीय बैङ्कको २ थान चेक र नगद नेपाली रुपैयाँ १८ हजार २० र भारतीय रुपैयाँ ४९ हजार ४ सय ५० समेत फेला पारी बरामद गरिएको कार्यालयले जनाएको छ ।
पक्राउ परेका यो समुहले संगठित रुपमा अपराधिक समुह स्थापना गरी, विराटनगरलाई आपराधिक कार्यको स्थल बनाई व्यापारीहरुलाई हतियार देखाई पैसा माग्ने, पैसा नदिए ज्यानै मार्ने समेतको धाकधम्की दिइ रकम असुल्ने गरेको अनुसन्धानबाट खुल्न आएको छ । साथै पक्राउ परेका पाँचै जना उपर हातहतियार खरखजना, अपराधिक लाभ, चोरी तथा संगठित अपराध सम्बन्धी मुद्दामा कारवाही अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
साथै मोरङको बिभिन्न स्थानहरुबाट मोबाईल हराएको तथा चोरी भएको भन्ने बिभिन्न ब्यक्तिहरुले दिएको निवेदनको आधारमा खोजतलास गर्ने क्रममा ५३ थान मोबाईल सेटहरु समेत फेला पारी आजै सम्बन्धीत धनीहरुलाई बुझाईएको उक्त कार्यालयले जनाएको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारविराटनगरमा अटोमेटिक पेस्तोल सहित ५ जना पक्राउ व्यापारीबाट पैसा असुल्ने योजना
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img