Homeसमाचारइस्टु भद्रपुर प्याब्सन एन प्याब्सन बिरूद्ध तेस्रो चरणको आन्दोलनमा

इस्टु भद्रपुर प्याब्सन एन प्याब्सन बिरूद्ध तेस्रो चरणको आन्दोलनमा

भद्रपुर । ५ महिनायता भोकमरीमा परेका शिक्षक कर्मचारी प्रति जिम्मेवार हुन नसकेका सञ्चालक तथा प्याब्सन, एन प्याब्सन बिरूद्ध संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) भद्रपुरद्वारा तेस्रो चरणको आन्दोलन घोषणा गरिएको छ ।
संस्थागत विद्यालयमा कार्यरत शिक्षक कर्मचारीलाई बाँच्नका लागि पारिश्रमिक उपलब्ध गराउनु पर्ने दायित्व बिर्सिएर विद्यालय सञ्चालकहरूले प्याब्सन, एन प्याब्सनको आडमा राज्यको नीति नियम विपरित चलेको ठहर गर्दै अन्यायपूर्ण कार्य बिरूद्ध निर्णयक आन्दोलन घोषणा गरेको हो ।
विद्यालय सञ्चालकहरूले आफू मातहत कार्यरत शिक्षक कर्मचारी भोकमरीमा पर्दा समेत बेवास्ता गरेको, सरकारी नीति नियम अनुसार भोकमरीमा परिसकेका शिक्षक कर्मचारीको सुरक्षाको जिम्मेवारी विद्यालय सञ्चालककै भए पनि बाहनाबाजी गरेको प्रति खेद प्रकट गर्दैै इस्टु नगर कार्य समिति बैठकले सामाजिक न्यायको माग राखी सडक आन्दोलनमा जाने निर्णय सहित अभियान थाल्ने घोषणा गरेको छ ।
भद्रपुर नगर समितिका अध्यक्ष द्रोण अधिकारीको अध्यक्षतामा सम्पन्न बैठकमा भदौ मसान्त भित्र खाइपाइ आएको तीन महिनासम्मको तलव भुक्तानी दिनु पर्ने एक शूत्रीय माग अगाडि सार्दै माग पूरा नभएसम्म, विद्यालयमा तालाबन्दी गर्ने, गएकै शैक्षिक वर्षको तलव भुक्तानी नगर्ने विद्यालय तथा सञ्चालकको नाम सार्वजनिक गर्दै सामाजिक बहिस्कार अभियान सञ्चालन गर्ने, नगरपालिका घेराउ गर्ने तथा बृहद सडक आन्दोलन गरी विद्यालयबाट सञ्चालकहरूले जोडेको सम्पत्ति बारे भण्डाफोर गर्ने समेत निर्णय गरेको छ । शिक्षक कर्मचारी पाल्न नसक्ने संस्थागत विद्यालय बन्द गरी राज्यलाई हस्तान्तरण गर्नु पर्ने भन्दै बैठकमा बाहनाबाजी गरिरहे नगर क्षेत्रमा सञ्चालित विद्यालयमा कार्यरत कुनै पनि शिक्षक कर्मचारी विद्यालय खुल्दा नआउने चेतावनी समेत दिइएको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारइस्टु भद्रपुर प्याब्सन एन प्याब्सन बिरूद्ध तेस्रो चरणको आन्दोलनमा
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img