Homeसमाचारविकास लिएर जनताका आँगनमा सरकार आफैं आउने

विकास लिएर जनताका आँगनमा सरकार आफैं आउने

झापा । १ नं. प्रदेशका मुख्यमन्त्री शेरधन राईले जनताको सरकार जनताकै घर दैलोमा आउने र जनतालाई सेवा सुविधा दिने बताउनु भएको छ ।
झापाको अर्जुनधारा नगरपालिका वडा नं.– ६ र ९ स्थित माता मन्दिर प्रणामी मन्दिरसम्मको मुख्यमन्त्री ग्रामीण पूर्वधार सडक परियोजना अन्तरगत निर्मित डेढ किलोमिटर लम्बाईको नवनिर्मित सडक आज (विहीबार) उद्घाटन गर्दै मुख्यमन्त्री राईले अब सरकार खोज्न सिंहदरबार जानु नपर्ने सरकार आफैं जनताको घर दैलोमा विकास लिएर आउने बताउनुभयो ।
देश संघीयतामा गएको र जनताले अब तीन तहको सरकार भेटने बताउँदै मुख्यमन्त्री राईले स्थानीय प्रदेश र केन्द्रले मिलेर जनताका समस्या तत्काल समाधानमा काम गरिरहेको उहाँको भनाइ थियो । सानातिना काम स्थानीयतह, मझौला प्रकृतिका प्रदेश सरकार र ठूला आयोजनाहरु संघीय सरकारबाट पुरा हुने उहाँको भनाई थियो ।
२०७७ असार २१ मा निर्माण सम्पन्न गर्नेगरी २०७७ बैशाख २२ गते सम्झौता गरी निर्माणको जिम्मेवारी लिएको शान्ति निर्माण सेवाले एकमहिना पछि मात्र निर्माण सम्पन्न गरेको हो । वर्षाका कारण निर्माण कार्यमा केही ढिला भएको निर्माण कम्पनीका ठेकेदार अनिल भट्टराईले बाताउनुभयो ।
८८ लाख ११ हजार १७१ रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको उक्त सडक खण्डको १५० मिटर भाग निर्माणमा बजेट अभाव भएपछि अर्जुनधारा नगरपालिकाले चालु आवको बजेटबाट १० लाख रकम निकासा दिने भएको निर्माण व्यवसायी संघ झापाका अध्यक्ष तथा स्थानीय बासिन्दा मिलन बस्नेतले जानकारी दिनुभयो ।
निर्माण समितिका अध्यक्ष रामप्रसाद भट्टराइको सभापतित्वमा सम्पन्न बाटो उद्घाटन कार्यक्रममा बाटो निर्माण कार्य राम्रो गरेको भन्दै शान्ति निर्माण सेवालाई उपभोक्ता समितिले गरेको सम्मान पत्र मुख्यमन्त्री शेरधन राईले निर्माण कम्पनीका ठेकेदार अनिल भट्टराईलाई हस्तान्तरण गर्नुभयो ।
निर्माण समितिका उपाध्यक्ष सूर्यप्रसाद अधिकारीले स्वागत र श्याम घिमिरे सञ्चालन गरेको बाटो उद्घाटन कार्यक्रममा प्रदेश सरकारका कृषि मन्त्री राम राना, प्रदेश सांसद बृर्ख प्रधान, अर्जुनधारा नगरपालिकाका मेयर हरिकुमार राना, सविधानसभा सदस्य प्रेमबहादुर गिरी, नेकपाका झापा जिल्ला अध्यक्ष चिन्तन पाठक लगायतको सहभागिता रहेको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारविकास लिएर जनताका आँगनमा सरकार आफैं आउने
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img