HomeFeatured 2बुद्धशान्ति आज राति १२ बजेदेखि भदौ ४ गतेसम्म लकडाउन

बुद्धशान्ति आज राति १२ बजेदेखि भदौ ४ गतेसम्म लकडाउन

बुधबारे २९ साउन । आज (विहीबार) राति १२ बजेदेखि भदौ ४ गते राति १२ बजेसम्म झापाको बुद्धशान्ति गाउँपालिकामा पनि लकडाउन गरिने भएको छ ।
छिमेकी स्थानीय तहमा कोरोना संक्रमण पुष्टि भएका व्यक्तिहरु बुद्धशान्ति गाउँपालिकाका विभिन्न व्यक्तिहरुसंग भेटघाट गरेको सूचना प्राप्त भएसंगै उक्त अवधीभर अत्यावश्यक बाहेकका अन्य कुनै पनि व्यवसाय सञ्चालन तथा हिडडुल गर्न नपाइने गाउँपालिकाका अध्यक्ष रमेशकुमार भुजेलद्वारा जारी सूचनामा उल्लेख गरिएको छ ।
संक्रमित व्यक्तिसंग सम्पर्कमा आएका व्यक्तिहरुको कन्ट्रयाक ट्रेसिङ गरी पिसिआर परीक्षणलाई सहज बनाउन लकडाउन गर्नु परेको अध्यक्ष भुजेलले जानकारी दिनुभयो ।
उक्त समयमा व्यापार, व्यवसाय, गाउँपालिका र गाउँपालिका अन्तरगतका वडा कार्यालयहरु, अन्य सरकारी तथा निजी कार्यालयहरु, बैंक तथा वित्तीय संस्थाहरु, सहकारी, दैनिक हाटबजार, सम्पूर्ण सार्वजनिक तथा निजी सवारी साधनहरु (मोटरसाइकल, टेम्पो, अटोरिक्सा) बन्द रहने लकडाउन अवधीमा खाद्यान्न इन्धन, सब्जी, दूधजन्य पदार्थ विक्री गर्ने पसलहरु तथा खानोपानी, विद्याुत र संचार संस्थाहरु विहान ६ बजेदेखि ९ बजेसम्म खुल्ला रहने, अस्पताल र अन्य सवास्थ्य संस्था, एम्बूलेन्स, शबवाहन सहित अत्यावश्यक सामग्री बोकेका गाडीहरु गाउँपालिकाबाट इजाजत प्राप्त सवारी साधन तथा औषधी पसल भने सूचारु हुने जनाइएको छ ।


गाउँपालिकाको सूचनालाई अवज्ञा गरेको पाइएमा संक्रमक रोग ऐन २०२० बमोजिम कारवाही गर्ने सूचनामा उल्लेख छ ।
बुद्धशान्तिसंग सिमाना जोडिएको मेचीनगर नगरपालिकामा बुधबार राति १२ बजेदेखि शिल गरिएको छ । मेचीनगरमा बुधबार एक स्वास्थ्यकर्मीसहित अन्यलाई पनि कोरोना देखिएपछि बुद्धशान्तिले सर्तकता अपनाउँदै रोग फैलन नदिन लकडाउनको आह््वान गरेको बताइएको छ।

ऐनका विशेषाधिकार

(१) नेपालभर वा त्यसको कुनै भागमा मानिसमा कुनै संक्रामक रोग फैलिएमा वा फैलिने सम्भावना देखिएमा नेपाल सरकार, प्रदेश र स्थानीय तहले सो रोग निर्मूल गर्न वा रोकथाम गर्न आवश्यक कारवाई गर्न सक्छ र सर्वसाधारण जनता वा कुनै व्यक्तिहरूको समूह उपर लागू हुने गरी आवश्यक आदेश जारी गर्न सक्नेछ ।
(२) नेपाल सरकारले मानिसमा उब्जेको वा फैलिएको वा फैलिने सम्भावना भएको कुनै संक्रामक रोग निर्मूल गर्न वा सो रोग रोकथाम गर्नको लागि आवश्यक व्यवस्था मिलाउन कुनै अधिकारीलाई मुकरर गरी आवश्यक अधिकार सुम्पन सक्नेछ ।
(३) उपदफा (१) वा (२) को सर्वसामान्यतामा प्रतिकूल असर नपर्ने गरी नेपाल सरकारले पैदल वा जुनसुकै सवारीको साधनबाट लगिने वा ल्याइने सफरगर्ने यात्रुको जाँचबुझ गर्न र त्यस्ता पशु, पंक्षी वा यात्रुलाई कुनै संक्रामक रोग लागेकोछ भन्ने शङ्का लागेमा जाँचबुझ गर्न खटिएको कर्मचारीले त्यस्तो यात्रुलाई अस्पताल तथा अन्य स्थानहरूमा अलग गरी राख्न वा कुनै किसिमबाट ल्याउन लैजान वा सफर गर्नमा समेत निरीक्षण र नियन्त्रण गर्नको लागि आवश्यक आदेशहरू जारी गर्न सक्नेछ ।

कस्तो छ सजाँय ?

(१) यो ऐन वा यस ऐन अन्तर्गत दिइएको आदेशलाई अपहेलना गर्ने व्यक्ति उपर १ महिनासम्म कैद वा रु. १००।– सम्म जरिवाना वा दुवै सजाय हुनेछ ।
(२) यो ऐन अन्तर्गत अधिकृत व्यक्तिहरूलाई काममा बाधा पुयाउनेलाई ६महिनासम्म कैद वा रु. ६००।– सम्म जरिवाना वा दुवै सजाँय हुनेछ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2बुद्धशान्ति आज राति १२ बजेदेखि भदौ ४ गतेसम्म लकडाउन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img