Homeसमाचारकोरोना रोकथामका लागि विर्तामोड नगर र इप्रकालाई डिसइन्फेक्टेन्ट स्प्रेस मेसिन प्रदान

कोरोना रोकथामका लागि विर्तामोड नगर र इप्रकालाई डिसइन्फेक्टेन्ट स्प्रेस मेसिन प्रदान

विर्तामोड २९ साउन । कोरोना भाइरस (कोभिड १९) को संक्रमण बढ्दै गइरहेका बेला रोटरी क्लव अफ बिर्तामोडले संक्रमण रोकथामका लागि विर्तामोड नगरपालिका र इलाका प्रहरी कार्यालय अनारमनीलाई डिसइन्फेक्टेन्ट स्प्रेस मेसिन प्रदान गरेको छ ।
आज नगरपालिकामा आयोजित कार्यक्रमकाबीच बिर्तामोड नगरपालिकालाई दुई थान र इलाका प्रहरी कार्यालय अनारमनीलाई एक थान डिसइन्फेक्टेन्ट स्प्रेस मेसिन प्रदान गरिएको हो । बिर्तामोड नगरपालिका प्रमुख ध्रवकुमार शिवाकोटी, स्वास्थ्य शाखाका ओम खड्का र इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायव उपरीक्षक मुकुन्द रिजाललाई क्लवका अध्यक्ष निर्मल भट्टराई, सर्भिस डाइरेक्टर विनोद बस्नेत, रोट्रयाक क्लवका अध्यक्ष प्रभाष थापामगर लगायतले मेसिन हस्तान्तरण गरेका थिए ।
मेसिन ग्रहण गर्दै नगरप्रमुख शिवाकोटीले महामारी रोक्न नगरको एक्लो प्रयास भन्दा सबैको साथ र सहयोग आवश्यक परेको अवस्थामा रोटरी क्लवले देखाएको सदासयता प्रशसनीय रहेको बताउनुभयो । त्यस्तै इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायव उपरीक्षक रिजालले कोरोना भाइरसको संक्रमणलाई रोकथामका लागि रोटरी क्लवले उपलब्ध गराएको मेसिन प्रभावकरी हुने भन्दै त्यसलाई सही सदुपयोग गरेर सुरक्षामा खटिने प्रहरीलाई संक्रमण मुक्त राख्ने बताउनुभयो ।
रोट्रयाक क्लवका अध्यक्ष थापाले आफूहरुको सानो प्रयासले समाजलाई सुरक्षित राख्न सहयोग पुग्न सकोस् भन्दै रोटरी क्लव अफ बिर्तामोडसंगको सहकार्यमा डिसइन्फेक्टेन्ट स्प्रेस मेसिन प्रदान गरिएको बताउनुभयो ।
कार्यक्रममा सहभागीलाई धन्यवाद ज्ञापन सहित रोटरी क्लवका अध्यक्ष भट्टराईले विश्वभर पोलियो उन्मुलनका क्षेत्रमा रोटरी क्लवले शुरुका दिनमा कदम चालेको र त्यसपछि शिक्षाको विकास र मानवहितका क्षेत्रमा काम गर्दै आएकाले क्लवले स्थानीय स्तरमा रहेर महामारीबाट बचाउन नगरपालिका र इलाका प्रहरी कार्यालयलाई डिसइन्फेक्टेन्ट स्प्रेस मेसिन प्रदान गरेको बताउनुभयो । अध्यक्ष भट्टराईले बिर्तामोड नगरपालिकामा १५ शैयाको अश्पताल बन्ने भएसंगै ५ थान डायलसिस मेसिन समेत प्रदान गर्ने कार्यक्रम रहेको बताउनुभयो । रोटरी क्लवका महासचिव सञ्जिव घिमिरेले सञ्चालन गरेको कार्यक्रममा रोटरी क्लव र रोट्रयाक क्लव विर्तामोडका पदाधिकारीहरुको सहभागीता रहेको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारकोरोना रोकथामका लागि विर्तामोड नगर र इप्रकालाई डिसइन्फेक्टेन्ट स्प्रेस मेसिन प्रदान
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img