Homeबाबुबाट बलात्कृत छोरीको चिन्ता-'छुटेर आए हाम्रो सास रहँदैन'

बाबुबाट बलात्कृत छोरीको चिन्ता-‘छुटेर आए हाम्रो सास रहँदैन’

झापा । ‘भात बसाउन आँटेको थिएँ, लुगा धुन लग भन्यो, मलाई कुन कपडा लगाउँ भइरहेको थियो, बल्ल एकजोडी भेटेर लगाउन आँटेको थिएँ, मलाई नाङ्गै बाटोमा हिंड भन्दै थियो, आँखा सुन्निएको थियो, हेर्नु भएको थिएन, बल्ल बल्ल भेटेको कपडा, यो पनि नलगा, त्यो पनि नलगा, नाङ्गै रोडमा हिंड् भन्यो, बेलुका पौने आठ बजेतिर सुतेको, त्यो रात पनि मलाई एकपटक करणी गरिसकेको थियो’– गत असार ३१ गते बाबुबाट निरन्तर बलात्कृत हुँदै आएकी बालिकाले बेलुका साढे नौ बजेतिर प्रहरीले उद्दार गर्नुअघि त्यो दिन बाबुबाट उनीमाथि भएको व्यवहार बताइन् ।
‘६ वर्ष अघि काठमाडौंबाट आएको यो बाबुसंग । त्यो भन्दा अघि ठूलो ममी ममीसंग बस्थ्यौं । ममीलाई लिएर आउँदा यो बाबुले आमासंगै हामीलाई पनि लिएर आएको । अरु कोही छैन । आमा हिंडेको १ वर्ष भयो । आमा हिंडेदेखि खाना म आफैं पकाउथे ।’
आमासंगै ६ वर्ष अघि बाबु बनेर आएको विर्तामोड नगरपालिका वडा नं. –९ बस्ने रमण लिम्बू (नाम परिवर्तन)–ले निरन्तर विनिता (नाम परिवर्तन) बलात्कृत हुन थालिन् । विगत १ वर्षदेखि उनले गत असार ३१ गतेसम्म यही पीडा भोगिरहिन् । उनकी आमा ६ बर्षअगाडि रमणसँग आएकी हुन् । रमणसँग विवाह गर्दा विनिता ६ बर्षकी थिइन् भने उनकी बहिनी १ बर्षकी मात्रै थिइन् । विनिताका बुवा विदेशमा थिए त्यसबेला । मजदुरी गर्ने रमणसँग काठमाडौंमै चिनजान भएपछि , उनी विनिता र आरोही (नाम परिवर्तन) लाई लिएर रमणसँग आइन् । तर त्यो सम्बन्ध ५ बर्ष वित्दानवित्तै पुनः टुङ्गियो । विनिताकी आमा एकवर्ष अघिदेखि छोरीहरुको सम्पर्कमा छैनन् ।
आमा हिड्दा ११ वर्षकी थिइन् विनिता । आमा हिंडेयता त्यही बाबु (ड्याडी)–बाट भएको व्यवहार बारे उनी भन्छिन्–‘शुरुमा गर्यो, त्यसपछि बाबु छोरी नगरौं ल भन्यो त्यो पछि जहिले त्यसो गर्नु थाल्यो ।’ जाँडरक्सी खाएका बेला वा कतिवेला दुव्र्यवहार गर्छ भन्ने प्रश्नमा विनिताले भनिन्–‘रक्सी अलि अलि कहिले काँहि, रिस उठ्दा मात्र खान्छ, गर्न (करणी) बेलुका मात्र ।’
बेलुका सुत्नुअघि सबै लुगा खोलेर सुत् भन्ने गरेपनि आफूले नटेरेको तर निदाएपछि सबै लुगा खोलिदिने गरेको बताउँदै उनले भनिन्–‘यो लुगा खोलेर सुत्नु लाउँथ्यो, म नखोली सुत्थे, म निदाएपछि लुगा खोलेर गथ्र्यो र’छ थाहा पाएँ । थाहा पाएर चिच्याउन आँटेको थे, चुप भन्यो, मुख थुन्यो, अनि मान्छेले सुन्छ भन्यो, चिच्याउन कराउनै दिएन ।’
जन्म दिने बाबु विदेशमा छ भन्ने सुनेको भएपनि उनीहरुसंग सम्पर्क छ्रैन, भएकी आमाले पनि छोडेर वेपत्ता भएपछि (उनी अर्कैसँग गइन वा कहाँ छिन उनीहरुलाई थाहा छैन) साहारा बाबु (रमण) मात्र थिए । उनीहरुसँग । जसलाई उनी ड्याडी भन्छिन् । त्यही ड्याडीबाट पटक–पटक बलात्कृत भएकी विनिता र उनकी बहिनी अहिले चन्द्रगढीस्थित एकल महिलाले सञ्चालनमा ल्याएको सेफ हाउसमा बस्दै आएका छन् । ३ दिनमा आउँछु भनेर हिडेकी आमा अहिलेसम्म न त फर्केर आएकी छन्, नत यता छु भनेर खबर नै ।
आमाले घर छोडेर हिडेदेखि नै १२ वर्षिया बिनिता यो समाजले कल्पनासम्म गर्न नसकिने कुराको शिकार बन्न पुगिन् ।
आमाले किन आफूलाई जन्मदिने बाबु छोडेर यो ड्याडीलाई रोजिन भन्ने नबुझेकी विनिता यो ड्याडीसंग आमाले लिएर आउँदा ६ वर्षकी थिइन भने उनकी बहिनी १ वर्षकी । पाँच वर्षसम्म बाबु बनेको मान्छे आमा हिंडेपछि राक्षस बन्यो र उनबाट निरन्तर सम्भोगको प्यास मेटाउन थाल्यो । आमा हिंडेपछि संगै सुत्दै आएकी बहिनीलाई पनि उनीबाट छुटाएर एक्लै सुतायो । अनि आफूचाँहि विनितासंगै सुतेर कुकृत्य गरी शारीरिक प्यास मेटाउन थाल्यो । ‘बहिनीलाई जहिले पनि तल सुताउँछ, मलाई माथि सुत् भन्थ्यो, कति पटक भन्ने थाहा छैन, तर राति सधैं पिच्छे गथ्र्यो ।’
जे सुकै खान दिने गरेको बताउँदै उनले भनिन्–‘जे पायो त्यही खान दिन्थ्यो, सरहरुले यस्तो खानु हुँदैन भन्थे, त्यस्ता जान्ने, ती सरहरुले के जानेको छ, तेरो बाबुले जानेको छ, तेरो बाबुले दिएको खानुपर्छ भन्थ्यो ।’
पहिलेदेखि नै साथीकोमा घर सफा गर्न, धन्दा गर्न काम सघाउन जान्थ्यौं, तर पछि जान पनि दिएन ।
त्यही पीडाका कारण पिसाबबाट रगत र दुख्न थालेपछि साथीलाई भनेको उनले बताइन् । उनले भनिन्–‘गर्दा दुख्थ्यो, दिनै धेरै गर्न थालेपछि धेरै दुख्न थाल्यो, पिसाबबाट रगत पनि आउँथ्यो,अनि साथीलाई भने । उसले बुबा आमालाई भनिछ । अनि साथीको बुबा आमाले सोधेपछि उसको बुबा, आमा, अंकल, दिदी सबैलाई बहिनीले भन्दि, मैले पनि भने ।’
आफूलाई दुव्र्यवहार गर्ने बाबुले तल सुतेकी बहिनीलाई पनि गर्छ कि के गर्छ आफूले विचार गरेको बताउँदै उनले भनिन्–‘‘मलाई माथि सुत भन्थ्यो, बहिनीलाई तल सुत भन्थ्यो, बहिनीको हात खुट्टामा काउकुति लगाउँथ्यो, अनि बहिनी चटपटाइन भने माथि सरेर मलाई गर्नु थाल्थ्यो ।’ निदाएजस्तो गरेर विचार गरेको उनले सुनाइन् ।
आमाले किन घर छोडिन भन्ने कुरा स्पष्ट नबुझेकी विनिताले सुनेको र देखेको कुरा बताउँदै भनिन्–‘यो बाबुले राति पिसाव फेर्न जाँदा जिस्कायो अरे, त्यसपछि झगडा प¥यो अरे, पानी पनि परिराख्याथ्यो रे, अनि बाबुले पानी ले भन्दा ममीले मानेन रे, त्यो पछि बाबुले पानी ल्याएर खाएर ओछ्यानमा राखेछ, त्यो पानी ओछ्यानमा पोखिएछ, अनि बाबुले कुट्यो, विहान उठ्दा मुखमा सबै सेतै भएको थियो, जिउभरी बाबुको हातको छापैछाप थियो । त्यसपछि आमा कहिल्यै फर्किएर आउनुभएन, कुनै खबर पनि आएन ।’
प्रहरीले उनलाई जुन दिन उद्दार गर्यो त्यो दिन रात खासै छिप्पिएको थिएन । सदा झैं बेलुका पौने आठ बजेतिर सुतेकी विनिता झण्डै साढे नौ बजेसम्म त्यही बाबुरुपी सिंहको शिकार बनिसकेकी थिइन् । उनले भनिन्–‘त्यो रात पनि एकपटक गरिसकेको थियो ।’ विनितालाई इलाका प्रहरी कार्यालय विर्तामोडको टोलीले गत असार ३१ गते बेलुका लगभग साढे नौ बजेतिर उद्दार गर्नुका साथै बाबुलाई नियन्त्रणमा लिएको थियो । त्यसैदिन प्रहरी नियन्त्रणमा परेका रमण अहिले इलाका प्रहरी कार्यालय विर्तामोडको हिरासतमा छन् । पीडा खप्न नसकेर साथीलाई भनेपछि साथीको आमा र छरछिमेकी हुँदै उनीहरुकै माध्यमबाट प्रहरी समक्ष कुरा पुगेपछि प्रहरीले असार ३१ गते राति लगभग साढे नौबजे उद्दार गरेको थियो । काठमाडौंबाट आएका विनिता र आरोहीको जन्मदर्ता समेत बाबु रमण नै रहेको स्रोतले जनाएको छ ।
अहिले सेफ हाउसमा रहेकी विनिताकी बहिनी आरोही (नाम परिवर्तन)–ले दिदीलाई राति कुट्थ्यो अरे, म निदाएको बेला आरोही उठ भन्दा दिदीलाई राति कुटेको सुनाउँदै भनिन्–‘अनि दिदीलाई कुट्यो रे दिदीले भनेको ।’ बाबा र दिदी माथि सुतेर आफूलाई भने तल सुताउने गरेको सुनाउँदै आरोहीले भनिन्–‘खुट्टा दुख्यो, कस्तो दुःखि राथ्यो भन्थ्यो बाबाले त्यो के गर्यो अरे ।’ राति आफू तल अनि दिदी र बाबु माथि सुत्ने गरेको बताउँदै उनले भनिन्–‘बुबाले दिदीलाई सधैं राति कुट्थ्यो, मलाई काताकुती लगाउँथ्यो, अनि म चटनपटाएपछि दिदीलाई कुट्नुहुन्थ्यो रे ।’ बाबाले अब बाबा छोरी नगरौं ल भनेको दिदीले आफूलाई पनि सुनाएको पनि आरोहीले बताइन् ।
बाबुबाटै दुव्र्यवहार गरिएका विनिता र आरोहीको उद्दारपछि मानव अधिकारका लागि एकल महिला झापा र एवीसी नेपाल झापा शाखाले कारवाहीको माग मुद्दा दर्ता गराएका छन् । घटनाबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायव उपरीक्षक मुकुन्द रिजालले जानकारी दिनुभयो ।
विनिता र उनकी बहिनी अहिले सेफ हाउसमा छन् । प्रहरीले उद्दार गरेपछि उनी अहिले सुरक्षित रहे पनि कुनै दिन त्यही ड्याडी फर्किएर आउँछ कि ? भन्ने त्रास छ । उनले भनिन्–‘उसलाई कारबाही हुन्छ कि हुँदैन ? कुनैदिन फर्किएर आयो भने मेरो त शास पनि रहँदैन ।’ प्रहरीको नियन्त्रणमा रहेको बाबु (झड्केलो) लाई बुढो हुन्जेल सम्म प्रहरीमै राख्नुपर्ने बताउँदै थपिन्–‘बुढो हुन्जेल प्रहरीमै राखेर कारवाही गर्नुपर्छ ।’ तत्कालका लागि सेफ हाउसमा रहेका उनीहरुलाई सेफ हाउसले कतिदिन संरक्षण दिन्छ ? भन्ने पनि अन्योल छ । अभिभावक विहीन उनीहरुको दीर्घकालीन ब्यवस्थापनका लागि सरोकारवाला निकायको ध्यान जान जरुरी छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
बाबुबाट बलात्कृत छोरीको चिन्ता-'छुटेर आए हाम्रो सास रहँदैन'
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img