Homeसमाचारप्रजातान्त्रिक महासंघको झापा समिति विस्तार

प्रजातान्त्रिक महासंघको झापा समिति विस्तार

झापा । नेपाल प्रजातान्त्रिक महासंघको झापा शाखा गठन भएको छ । विभिन्न पेशा, ब्यवसायमा आबद्ध प्रजातन्त्रवादीहरुको शनिबार विर्तामोडमा सम्पन्न भेलाले देवीप्रसाद घिमिरेको संयोजकत्वमा समिति गठन गरेको हो ।
गठित समितिको उपाध्यक्ष विनोद कडुवाल, सचिवमा इन्दु पूर्वेली, सहसचिवमा कृष्णप्रसाद पौडेल, कोषाध्यक्षमा बद्री भट्टराई चयन हुनुभएको छ । नवगठित समितिका सदस्यहरुमा विनोद गौतम, नारायण कोइराला, यज्ञलक्ष्मी चम्लागाई, नविन सिटौला, पदमप्रसाद पोखरेल र जगतबहादुर मगर रहनुभएको छ । १७ सदस्यीय समितिलाई आगामी बैठकले पूर्णता दिने संयोजक देवी घिमिरेले जानकारी दिनुभयो ।
नवगठित समितिलाई बधाई तथा शुभकामना दिनुहुँदै कार्यक्रमका प्रमुख अतिथि तथा नेपाली कांग्रेस झापाका सभापति उद्वव थापाले कार्यकर्ताको समर्थन र लोकतान्त्रिक विचार, नीति तथा सिद्धान्तकै कारण नेपाली जनताको मन मस्तिष्कमा कांग्रेस अब्बल पार्टीका रुपमा स्थापित भएको धारणा राख्नुभयो । ‘कांग्रेसलाई पाखा लगाउन खोज्नेहरु आफैं पाखा लाग्नेछन्’ सभापति थापाले भन्नुभयो–‘कम्युनिष्टहरु आज नीति र सिद्धान्तविहीन भएका छन् । अनावश्यक सपनाको पछि लागेर हिजो गीत गाउँदै कम्युनिष्टलाई भोट हाल्ने सर्वसाधारण जनताले आज रुँदैरुँदै कर तिर्नुपरेको छ । अव कम्युनिष्टले देखाएको सपनाको पछि जनता लाग्ने छैनन् ।’
अनियमितता, भ्रष्टाचार र विभिन्न काण्डैकाण्डमा फसेको वर्तमान सरकार राज्यशक्तिको दुरुपयोग र राष्ट्रिय स्रोतको दोहन गर्दै कार्यकर्ताको भरणपोषण गरेर कम्युनिष्ट अधिनायकवादतर्फ उन्मुख भएको आरोप लगाउनुभयो । नेपाली कांग्रेस २ नं क्षेत्रीय सभापति खगेन्द्र मैनालीले लामो समयसम्म विभिन्न क्षेत्रमा अनुभव बटुलेका अग्रज ब्यक्तित्वहरुको सहभागितामा गठित महासंघले पार्टीले बाटो विराउँदा पनि मार्गदर्शन गर्न सक्ने क्षमता राख्ने बताउँदै समयानुकुल निर्णायक भूमिकामा रहन आह्वान गर्नुभयो ।
देवी घिमिरेको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाल प्रजातान्त्रिक महासंघका प्रदेश कोषाध्यक्ष छत्रबाबु ओझाले केन्द्रमा गोविन्दप्रसाद शर्माको संयोजकत्वमा गठित महासंघले सबै प्रदेशका संयोजक तोकिसकेको र जिल्ला–जिल्लामा समिति विस्तार भइरहेको जानकारी दिनुभयो । कार्यक्रमको सञ्चालन इन्दु पूर्वेलीले गर्नुभएको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारप्रजातान्त्रिक महासंघको झापा समिति विस्तार
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img