Homeखेलमुख्यमन्त्री कप प्रदेश १ लिग प्रतियोगिताका च्याम्पियनलाई वडासमितिद्वारा सम्मान

मुख्यमन्त्री कप प्रदेश १ लिग प्रतियोगिताका च्याम्पियनलाई वडासमितिद्वारा सम्मान

सैनिक १ साउन । मुख्यमन्त्री कप प्रदेश १ लिग फुटबल प्रतियोगिताको च्याम्पियन सैनिक युथ क्लबलाई विर्तामोड नगरपालिका वडा नं.–१० ले सम्मान गरेको छ ।
वडा कार्यालयमा बुधबार आयोजित एक कार्यक्रमकाबीच फुटबलको क्षेत्रमा प्रदेश नं.–१ कै उत्कृष्ट भएर उपाधी जित्न सफल सैनिक युथ क्लबलाई गृह वडामा सम्मान गरिएको हो । जनप्रतिनिधी उपस्थित खेलप्रेमीहरुले खादाका साथै अविर लगाएर सम्मान गरेका हुन् ।
कार्यक्रममा बोल्दै पूर्व फुटबल खेलाडी रामदर्शन गुरुङले सैनिक फुटबलका लागि उर्वर भूमि भएको बताउँदै खेलमा अनुशासनका साथै समाजलाई पनि अघि बढाउन भूमिका खेल्न सुझाव दिनुभयो ।
कार्यक्रममा टिम कोच प्रवेश कट्वालले खेलाडीले अनुशासनमा रहेर मेहनतका साथ खेल खेलेकै कारण उपाधी जित्न संभव भएको बताउँदै आर्थिक अभाव झेल्नु नपरे क्लबले राम्रो खेल खेल्न सक्ने धारणा राख्नु भयो ।
वडाध्यक्ष दुर्योधन गुरुङले सैनिक युथ क्लबले प्रदेश–१ स्तरिय उपाधी हात पार्नु झापा जिल्ला साथै विर्तामोड १० को गर्वको कुरा भएको फुटबलको विकासका लागि वडाका तर्फबाट आफूले सक्दो सहयोग गर्ने उहाँको प्रतिवद्धता थियो ।
वडा कार्यालयको आयोजनामा सम्पन्न सम्मान कार्यक्रममा वडाध्यक्ष दूर्योधन गुरुङको अध्यक्षतामा भएको खेलाडी सम्मान कार्यक्रममा स्वागत वडा तथा विर्तामोड नगरपालिका कार्यपालिका सदस्य गीता घिमिरेले गर्नुभएको थियो भने सञ्चालन दिपिका शिवाले गर्नुभएको थियो ।
वडा सदस्य अर्जुन सिटौला, कृष्ण विमली, मनु मुखिया लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो । सहितका जनप्रतिनिधी उपस्थित खेलप्रेमीहरुले खादाका साथै अविर लगाएर सम्मान गरेका हुन् ।
सैनिक युथ क्लबले १ नम्बर प्रदेशको राजधानी विराटनगरमा भएको मुख्यमन्त्री फुटबल प्रतियोगिता २०७६ मा सहभागी प्रतिष्पर्धी ५ वटा टिमलाई पछाडि पार्दै उपाधी उचालेको हो । उपाधीसंगै सैनिक युथ क्बलले पाँच लाख नगद र शिल्ड प्राप्त गरेको छ ।


उपाधि जित्ने क्रममा झापाले फाइनलमा बेलबारी एफसी, मोरङलाई २–१ ले पाखा लगाएको थियो ।
बिजेता सैनिक युथले उपाधिसहित नगद ५ लाख हात पार्यो भने उपविजेता बेलबारीले ३ लाखमा चित्त बुझायो । झापाले प्रदेश १ को प्रतिनिधित्व गर्दै राष्ट्रिय लिगमा प्रतिष्पर्धा गर्ने छ ।
प्रतियोगितामा विमान राई वेष्ट डिफन्स, डिकेश लिम्बू बेष्ट स्टाइगर, प्रवेश कट्वाल बेष्ट कोच समेत सैनिक युथ क्लवकै खेलाडी भएका थिए । वेष्ट उपाधी हात पार्न सफल खेलाडीलाई जनही २५÷२५ हजार नगद प्राप्त गरेको सैनिक युथ क्लवका टिम अफिसियल सन्तोष गुरुङले जानकारी दिनुभयो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
खेलमुख्यमन्त्री कप प्रदेश १ लिग प्रतियोगिताका च्याम्पियनलाई वडासमितिद्वारा सम्मान
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img