Homeसमाचारसूचना नलुकाएको दावी, बैंकका १६ कर्मचारीको कन्ट्रयाक ट्रेसिङ

सूचना नलुकाएको दावी, बैंकका १६ कर्मचारीको कन्ट्रयाक ट्रेसिङ

झापा । कोरोना संक्रमण (कोभिड–१९) पुष्टि भएको सूचना पाएर पनि विर्तामोड नगरपालिकाले संक्रमितको सूचना नलुकाएको दावी गरेको छ ।
एनएमबी बैंकको विर्तामोड शाखाका दुई कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएको मंगलबार नै नगरपालिकाले जानकारी पाएको भएपनि विहीबारसम्म त्यसलाई गोप्य राखेको हल्ला चलिरहँदा नगरपालिकाले भने सूचना लुकाउनु पर्ने कुनै कारण नभएको दावी गरेको हो ।
नगरपालिकाका उपप्रमुख पवित्रा महतरा प्रसाईले बैंकका कर्मचारीलाई कोरोना पुष्टि भएको सूचनाबारे आफुलाई थाहा नभएको बताउँदै उपप्रमुख प्रसाईले भन्नुभयो–‘लुकाउने कुरै हुँदैन, संक्रमितको सम्पर्कमा रहेकालाई खोजी खोजी क्वारेन्टिनमा राख्नुपर्नेमा किन लुकाउनु ? लुकाउँदा त झन भयावह अवस्था आउँछ, सूचना लुकाउने कुरा हुनै सक्दैन ।’
बजारमा आएको हल्ला सत्य नभएको दावी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ओम खड्काको छ । बैंकका कर्मचारीको काठमाडौं गएपछि परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आएको र उक्त सूचना बैंकको शाखामार्फत आफूहरुलाई जानकारी आएको खड्काले बताउनु भयो । उहाँले भन्नुभयो–‘विर्तामोड नगरपालिकाबाट पिसिआर परीक्षणका लागि संकलन गरिएको स्वाबको रिपोर्टमात्र नगरपालिकालाई आउँछ, शाखाबाट काठमाडौ गएका कर्मचारीको काठमाडौंमै गरिएको परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आएको रहेछ, त्यो डाइरेक्ट सूचना हामीलाई आउँदैन, तर बैंकले शाखाबाट गएका कर्मचारीको पोजेटिभ रिपोर्ट आएको जानकारी आएपछि त्यहाँ कार्यरत कर्मचारीको कन्ट्रयाक ट्रेसिङ गरेका छौं ।’ खड्काका अनुसार एनएमबी बैंकका १६ जना कर्मचारीको कन्ट्रयाक ट्रेसिङ गरिएको छ ।
बाह्रदशीका दुईजनामा कोरोना संक्रमण पुष्टि भएयता विर्तामोड नगरपालिका भित्रका सातसय जना बढीको स्वाब संकलन गरी पिसिआर परीक्षणका लागि पठाइएका मध्ये १३३ जनाको रिपोर्ट नेगेटिभ आएको बताइएको छ ।
अघिल्लो बिहीबारसम्म विर्तामोडस्थित बैंकको कार्यालयमा आएका दुइजना वरिष्ठ अधिकृत र एक अधिकृत शुक्रबार भाडाको स्कर्पियो चढेर काठमाडौं गएका थिए । उनीहरुमध्ये दुईजनामा अघिल्लो मंगलबार नै कोरोना पुष्टि भएको स्रोतको दावी छ । तीनमध्ये सरुवा भएर काठमाडौं गएका दुई वरिष्ठ अधिकृतको आइतबार काठमाडौंमा उनीहरुको स्वाब संकलन गरी परीक्षण गरिएको थियो ।
विर्तामोड नगरपालिकाले बैंकका १६ जना कर्मचारीसहित झापा बाह्रदशीका दुई, इलामका एक, बिर्ताबजार प्रहरी चौकीमा कार्यरत प्रहरी एक र अर्का एक व्यक्तिसँगको सम्पर्कमा आएकाको कन्ट्रयाक ट्रेसिङ सुरु गरिएको बताइएको छ ।
एनएमबी बैंक बिर्तामोड शाखाका प्रमुख मेघराज तिम्सिनाले संक्रमण पुष्टि भएकोबारे मंगलबार बेलुका नै नगरपालिकालाई जानकारी गराइएको बताउनु भयो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारसूचना नलुकाएको दावी, बैंकका १६ कर्मचारीको कन्ट्रयाक ट्रेसिङ
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img