HomeFeatured 2स्कूल जान हतारिंदै बालबालिका

स्कूल जान हतारिंदै बालबालिका

झापा । चैतमा परीक्षा सकिएपछि स्कूल नटेकेकी बुद्धशान्तिकी मनिषा भट्टराईलाई स्कूल कहिले लाग्ला भन्ने चिन्ता छ । स्कूलमा क्वारेन्टाइन राखिएकाले खुलेपछि पनि स्कूल जानु सुरक्षित होला की नहोला भन्ने डर पनि लागिरहेको उनले बताइन । मनिषाको यो भनाईले स्कूल जाने अधिकतम बालबालिकाको भनाईलाई प्रतिनिधित्व गर्छ ।
बुधबारे बजारमा अवस्थित बुद्ध आदर्श माविमा अध्ययनरत मनिषाले भनिन्–‘स्कूल जान पनि बिर्सिन्छ होला जस्तो भैसक्यो, हाम्रो स्कूलमा त क्वारेन्टाइन छ, स्कूल लाग्ने वित्तिकै पनि कसरी जानु ?
झापा गाउँपालिका सानो रुईमारीका शिवमकुमार गणेशलाई दैनिक स्कूल लागेका बेला कति बेला स्कुल छुट्टी हुन्छ र घर जाउँ जस्तो लाग्थ्यो रे अहिले स्कुल लाग्दैन कहिले स्कुल लाग्छ र जानु जस्तो भएको छ । गाउँपालिका नजिकै रहेको टिनको बेरा लगाएको भवनको एकातर्फ बसेर मोवायल खेलाइरहेका गणेशसंगै उनका साथी रविकुमारको पनि मोवायल हातैमा थियो । स्थानीय सामुदायिक विद्यालयमा पढ्नेहरु दुवै कक्षा–५ मा पढ्दै थिए । अब स्कूल जाँदा ६ कक्षामा पढ्न पाउने भएपछि नयाँ कक्षा कस्तो होला ? भन्ने कौतुहलता पनि बढेको छ उनीहरुमा ।

फोटो फायल

शिवमले भने कक्षा–५ मा पढ्थे अब स्कूल जाँदा ६ कक्षामा जान्छु । दिउँसो मोवायलमा मनोरञ्जनात्मक कुराहरु हेर्ने गरेको बताए । रातिमा किताब पढ्ने गरेको बताउँदै उनले थपे–‘स्कूल जाउँ भने लाग्दैन, किताव दिएको छ, राति राति पढ्छु, दिउँसो त मोवायल ।’ दिउँसो आमा–बुबा खेतिको काममा जाँदा मोवायल घरैमा छोडेर गएपछि आफूले हेर्ने मौका पाएको उनले बताए । बाबाले विदेशबाट आउँदा ल्याएको मोवायल हो यो, हातमा रहेको मोवायल देखाउँदै शिवमले भने–‘काममा जाँदा लानुहुन्न, त्यहि भएर खेलाउन पाइन्छ ।’ दिनभर मोवायलमा बिताउने शिवम् बेलुका टिभी हेर्छन् रे अनि मात्र किताब ।
स्कूल नलागेपनि शिक्षकहरुले घरैमा किताब पुर्याइदिएमा रविकुमार गणेश खुशी छन् । स्कूल लाग्दा जान मन लाग्दैन थियो,अहिले कहिले स्कूल लाग्छ जस्तो भएको छ–रविकुमारले भने, घरमा किताव हेर्न र पढ्न पाइएको छ ।’
घरैमा भएपनि झापा गाउँपालिका अन्तरगतका सबै विद्यार्थीलाई असारको पहिलो सातामा विद्यार्थीका घर÷घरमा किताव पुर्याएको थियो । स्कूल नलागे पनि घरैमा आफूभन्दा ठूला मान्छेबाट कितावमा भएका केही कुरा सिक्छन् भन्ने उद्देश्यले झापा गाउँपालिकाको शिक्षा शाखाले विद्यार्थीलाई घरघरै पुगेर भएपनि किताव दिन शिक्षकहरुलाई परिचालन गरेको थियो ।
लामो समयसम्म स्कूल नलाग्दा र किताव पनि नहुँदा बालबालिकाको पढ्ने बानी नै हराउने खतराबाट जोगाउन घर घरै किताव पुर्याइएको गाउँपालिका अध्यक्ष जयनारायण साहले बताउनु भयो । उहाँले भन्नुभयो–‘परीक्षा दिएर घर बसेका नानीहरुले अब स्कूल लागेपछि पढ्ने कक्षाको किताब हात हातमा पुर्याइयो, घरमा उनीहरु भन्दा बढेका ठूला मान्छेहरुबाट सिक्दै गर्छन्, त्यसरी पनि ज्ञान लिंदै गर्छन्, कितावसंग परिचित हुँदै गर्छन् भन्ने लागेर झापा गाउँपालिकाका सामुदायिक विद्यालयमा पढ्ने सबै विद्यार्थीका हात हातमा किताव पुर्याउने काम गरेका हौं ।’
कोरोना संक्रमण जोखिम त्रासका कारण चैतको पहिलो हप्तामा र परीक्षा सकिएपछि पुनः विद्यार्थीहरुले विद्यालय टेकेका छैनन् । विगतका वर्षहरुको तुलनामा दोस्रो त्रैमासिक अवधीको आधा समय वितिसकेको छ । यस अर्थमा कुनै वैकल्पिक उपाय ननिकाले शैक्षिक सत्र प्रभावित हुने देखिन्छ । बालबालिकाले स्कूल जाने हतारो गरिरहे पनि सरकारकाले सहज वातावरण नबनेसम्म विद्यालय नखोल्ने शिक्षा मन्त्रालयले स्पष्ट पारिसकेको छ । यस्तो अवस्थामा बालबालिकालाई घरैमा अभिभावकले शैद्धान्तिक, व्यवहारिक, सीपमुलक शिक्षा दिनुको विकल्प देखिंदैन ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2स्कूल जान हतारिंदै बालबालिका
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img