Homeसमाचारगाउँपालिका अध्यक्षलाई कुटपिट गर्ने हतियारसहित पक्राउ

गाउँपालिका अध्यक्षलाई कुटपिट गर्ने हतियारसहित पक्राउ

मोरङ । ठेक्का पट्टाको विषय लिएर मोरङको केरावारी गाउँपालिकाका अध्यक्षलाई कुटपीट गर्ने एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
केरावारी गाउँपालिकाका अध्यक्ष ४० बर्षीय रोहित कार्कीलाई कुटपिट गर्ने सोही गाउँपालिका वडा नं. १० का ३२ वर्षीय भवन ठकुरीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । ठकुरीले आज (शुक्रबार) बिहान साढे ११ बजेतिर गाउँपालिकाको कार्यालयमा ठेक्का पट्टाको बिषयलाई लिएर अध्यक्ष कार्कीलाई कुटपिट गरी घाइते बनाएको प्रहरीले जनाएको छ । पक्राउ परेका ठकुरीको साथबाट १ थान चक्कु र १ थान खुकुरी समेत प्रहरीले बरामद गरेको छ । कुटपिटबाट घाईते भएका अध्यक्ष कार्कीको नोवेल अस्पताल बिराटनगरमा उपचार भइरहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारगाउँपालिका अध्यक्षलाई कुटपिट गर्ने हतियारसहित पक्राउ
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img