Homeसमाचार१४ वर्षपछि अभियुक्त पक्राउ, प्रहरीले अपराधी छोड्दो रहेनछ–चन्द्रिका

१४ वर्षपछि अभियुक्त पक्राउ, प्रहरीले अपराधी छोड्दो रहेनछ–चन्द्रिका

भद्रपुर १ साउन । झापा प्रहरीले कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्तलाई १४ वर्षपछि पक्राऊ गरेको छ ।
२०६३ साल चैत २४ गते साविक टागनडुब्बा गाविस–९ का नत्थु विश्वकर्माको चोरी भएका आफ्नो साइकल लिन जाँदा भएको कुटपीटका कारण उपचारका क्रममा ज्यान गएपछि अभियुक्त मेचीनगर–८ का बौदल भनिने पुण्यप्रसाद विश्वकर्मालाई प्रहरीले १४ वर्ष पछि प्रहरीले पक्राउ गरेको हो ।
काँकरभिट्टा इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले मेचीनगर–८ स्थित इँटाभट्टा चौकमा लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ गरेको बताइएको छ । हत्याका अभियुक्त लामगदे घुमिरहेको प्रहरीले सूचना पाएसंगै आवश्यक प्रमाणसहित पक्राउका लागि प्रहरी टोली खटिएको थियो ।
टाघनडुब्बा ससुराली घर गएका पुण्यप्रसादले कामाटोलीका नत्थु विश्वकर्माको चोरी गरेको थाहा पाएपछि साइकल लिन पुगेका नत्थुलाई नशामा मातिएका पुन्यप्रसादले कुटपीट गरी घाइते बनाएका थिए ।

कुटपीटबाट घाइते नत्थुलाई सोही दिन उपचारका लागि विराटनगरस्थित विराट नर्सिङ होम उपचारकै क्रममा मृत्यु भएपछि उनी फरार रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रमुख कृष्णप्रसाद कोइरालाले जानकारी दिनुभयो । ससुराली आएका ज्वाँई पुन्यप्रसादको कुटपीटबाट नत्थुको ज्यान गएपछि पुन्यप्रसादका ससुरा रामबहादुर वि.क.ले कर्तव्य ज्यान मुद्दामा किटानी जाहेरी दिएका थिए ।
आफू बौदल लामगादे नभएको र आफ्नो नाम पून्यप्रसाद विश्वकर्मा भन्दै हत्यामा आफ्नो संलग्नता अस्वीकार गर्दै आएका अभियुक्त लामगादेलाई सबै प्रमाणका आधार पक्राउ गरिएको प्रहरी प्रमुख कोइरालाले बताउनु भयो । ‘आफू होइन भनेर अभियुक्तले ढाट्ने छल्ने प्रयास पनि गरेका छन’, एसपी कोइरालाले भन्नुभयो– ‘तर सबैतिरबाट उनको संलग्नता पुष्टि भएपछि पक्राउ गरेर कार्वाही प्रक्रिया अघि बढाएका छौँ ।’ एसपी कोइरालाले थप्नुभयो–‘ढिलो चाँडो मात्रै हो, अभियुक्त कुनै हालतमा उम्किन पाउँदैनन् ।’
पक्राउ परेका अभियुक्तलाई सात दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ ।
लामगादेको पक्राउले आफूले न्याय पाएको नत्थुकी श्रीमति चन्द्रिकाले बताउनु भयो । न्याय माग्दै पटक पटक प्रहरी कार्यालय पुगेकी चन्द्रिकालाई त्यतिबेला प्रहरीले अभियुक्तको फोटो ल्याउनु भनेपछि न्याय पाउनेमा आश मरेको बताउने चन्द्रिकाले भन्नुभयो–‘‘यतिका वर्षपछि प्रहरीले मान्छे पक्राउ गर्दैछ भनेर सुन्दा मलाई पत्यार लागेन’, बिहीवार जिल्ला प्रहरी कार्यालयमा पुग्नु भएकी मृतककी श्रीमती चन्द्रिकाले भन्नुभयो– ‘मैले आशा मारिसकेकी थिएँ, तर प्रहरीले अपराधीलाई छोड्दो रहेनछ । उसलाई जन्मकैद हुनुपर्छ । आज न्याय पाएको अनुभूति भएको छ ।’

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचार१४ वर्षपछि अभियुक्त पक्राउ, प्रहरीले अपराधी छोड्दो रहेनछ–चन्द्रिका
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img