Homeसमाचारढकालद्वारा जन्मदिनमा पीसीआर परीक्षण प्रयोगशालालाई सहयोग

ढकालद्वारा जन्मदिनमा पीसीआर परीक्षण प्रयोगशालालाई सहयोग

विर्तामोड ३१ असार । मानिसको जन्मास्मृति(जन्मदिन) हरेक बर्ष आउँछ, कसैले आफ्नो जन्मदिन ठूला–ठूला तारे होटलमा भोज गरेर मनाउँछन् त कसैले सामाजिक कायमा जन्मास्मृतिको खुशियाली समर्पण गर्छन् । यस्तै सामाजिक कार्य गरेर आफ्नो जन्मदिन मनाएकी छिन् – झापा बिर्तामोड –१ की शिला ढकालले । सहारा नेपालसहित २८ वटा विभिन्न सामाजिक संघसंस्थाको सहभागितामा सुरु गरिएको ‘एकका लागि एक’ अभियानको अगुवाईमा जनस्तरबाट झापाको कोटीहोमस्थित समर्पण राष्ट्रिय भवनमा स्थापना हुन लागेको कोरोना भाइरस परीक्षण गर्ने पीसीआर परीक्षण प्रयोगशालाका लागी रकम प्रदान गरेर ढकालले आफ्नो जन्मदिन मनाएकी हुन् । उनले बिर्तामोड –१ स्थित निवासमा ‘एकका लागि एक’ अभियानका सहसंयोजक विनोद बस्नेत ,अभियानका सदस्यहरु अर्जुन चुडाल, एकराज गिरीलाई ५० हजार एक सय एक रुपैयाँ हस्तान्तरण गरेकी थिइन् ।
पीसीआर परीक्षण प्रयोगशाला स्थापनाका लागी भन्दै श्रीमान् मोहन ढकाल , छोरा–वुहारीहरु मनस्वी ढकाल र चेतना ढकाल लगायतको सहभागितामा ‘एकका लागि एक’ अभियानका अभियन्ताहरुलाई उनले घरमै वोलाएर रकम प्रदान गरेकी थिइन् ।
वीरता लेडी जेसीजकी आजीवन सदस्य, महिला मुक्ति अभियान झापाकी उपाध्यक्ष , चेम्वर अफ कमर्श झापाकी सदस्य समेत रहेकी ढकालले सेवा नै धर्म हो भन्ने भावलाई आत्मसात गर्दै ‘एकका लागि एक’ अभियानको अगुवाईमा कोरोना भाइरसको संक्रमण परिक्षण गर्न मुलुकमै पहिलोपटक जनस्तरबाट झापाको कोटीहोमस्थित समर्पण राष्ट्रिय भवनमा पीसीआर परीक्षण प्रयोगशाला स्थापना गर्ने कार्य प्रशंसनिय भएकाले जन्मदिनको अवसरमा आफूले रकम प्रदान गरेको बताइन् ।
कसैले पनि कोरोना भाइरस संक्रमणको पीसीआर परिक्षण नै गर्न नपाई मृत्युवरण गर्नु नपरोस् भन्ने उदेश्यले पीसीआर परीक्षण प्रयोगशाला स्थापना गर्न आफूले सहयोग गरेको वताउँदै ढकालले यस पुण्यकार्यमा सहयोग गर्न सवैलाई आग्रह गरिन् ।
त्यस्तै उनका श्रीमान् मोहन ढकालले जन्मदिनको नाममा गरिने फजुल खर्चले सामाजिक कार्य गर्नु प्रशंसनिय भएको बताउँदै पीसीआर परीक्षण प्रयोगशाला स्थापना गर्न सवैले सहयोग गर्नुपर्ने बताए ।
एकका लागि एक अभियानका सहसंयोजक विनोद बस्नेतले पछिल्लो समय जन्मदिन , विवाह वर्षगाठ तडकभडकसहित फजुल खर्च गरेर मनाउने विकृति बढिरहेको अवस्थामा आफ्नो जन्मदिनको अवसर पारेर पीसीआर परीक्षण प्रयोगशाला स्थापनाका लागी रकम प्रदान गरेकोमा ढकाललाई धन्यवाद दिएका थिए ।
सवैको सहयोगले मात्र झापामा पीसीआर परीक्षण प्रयोगशालाको स्थापना गर्न सम्भव हुने भएकाले यस्तो पुण्यकार्यमा सहयोग गर्न उनले सवैसंग आग्रह गरे ।
‘एकका लागि एक’ अभियानमा हालसम्म देश तथा विदेशका ७० संघसंस्था र एक हजार एक सय व्यक्तिबाट सहयोग प्राप्त भएको बताउँदै सहसंयोजक वस्नेतले पीसीआर परीक्षण प्रयोगशालाका लागि हालसम्म एक करोड २५ लाख रुपैयाँ जुटिसकेको बताए ।
सरकार–समुदाय–सहकारीबीच साझेदारीको नमूनाको रुपमा साउन १५ गतेबाट झापाको कोटीहोमस्थित समर्पण राष्ट्रिय भवनमा पीसीआर परीक्षण प्रयोगशाला सञ्चालन हुने गरी धमाधम काम भइरहेको ‘एकका लागि एक’ अभियानका संयोजक महेन्द्रकुमार गिरीले वताए ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारढकालद्वारा जन्मदिनमा पीसीआर परीक्षण प्रयोगशालालाई सहयोग
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img