विराटनगर ३१ साउन । बिराटनगरका २ स्थानबाट लागुऔषध सहित २ जना पक्राउ परेका छन् । लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले बुधबार दिउँसो बिराटनगर–९ का १८ बर्षीय मो. सावाजलाई लागुऔषध डाईलक्स डि.सि.२६ बोतल सहित पक्राउ गरेको हो भने बिराटनगर १५ का २३ बर्षीय सचिन कुमार साहलाई डाईलक्स डि.सी. ६ बोतल र नाईट्राभेट ३० चक्की सहित पक्राउ गरेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ। पक्राउ परेका दुबै जनाको सम्बन्धमा थप अनुसन्धान भई रहेको छ ।

































































































