Homeसमाचारप्रतिबन्धित भारतीय रुपैयाँसहित तीनजना पक्राउ, धेरै नोटमा एउटै नम्बर

प्रतिबन्धित भारतीय रुपैयाँसहित तीनजना पक्राउ, धेरै नोटमा एउटै नम्बर

झापा २८ असार । प्रतिबन्धित भारतीय ५०० सयका नोटसहित प्रहरीले नियन्त्रणमा लिएका ३ जनालाई इलाका प्रहरी कार्यालय विर्तामोडले आज सार्वजनिक गरेको छ ।
प्रहरीले कनकाई नगरपालिका वडा नं. ५ का मौसम श्रेष्ठ, सोही नगरपालिका वडा नं.–४ का खुर्सैद आलम र झापा गाउँपालिका वडा नंं–५ का एराजुल हकलाई शनिबार २८८ वटा प्रतिबन्धित ५ सय दरका भारतीय नोटका साथै २० हजार ५ सय नेपाली रुपैयाँसहित ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।
कनकाई नगरपालिका वडा नं–४ का २८ वर्षीया खुर्सैद आलमले झापा गाउँपालिका वडा नंं–५ का २४ वर्षीय एराजुल हकबाट भारु ५ सय रुपैयाँका नोट ल्याई कनकाई नगरपालिका सुरुङ्गाका मौसम श्रेष्ठको घरमा श्रेष्ठ र खुर्सैद बीच लेनदेन गरेको र उक्त नोट नक्कली भएको भन्ने े सूचना पाएपछि त्यसका लागि प्रहरी टोली खटिएको थियो ।

उक्त रुपैयाँ श्रेष्ठले आफ्नै घरमा राखेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरी टोलीले रकम सहित शनिबार उनीहरुलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय विर्तामोडका डिएसपी मुकुन्द रिजालले बताउनु भयो ।
पक्राउ परेका श्रेष्ठको घरबाट प्रहरीले ५ सय दरका २८८ थान (१ लाख ४४ हजार) भारतीय रुपैया र हजार दरका ४ तथा ५ सय दरका ३३ वटा नेपाली नोटसहित प्रहरीले बरामद गरेको बताइएको छ ।
बरामद गरिएका कतिपय भारतीय नोटमा एउटै नम्बर रहेको पाइएको रिजालले जानकारी दिनुभयो । नक्कली आशंका गरिएको उक्त नोट परीक्षणका लागि प्रहरीको प्रविधि विज्ञान प्रयोगशालामा परीक्षणका लागि पठाइने रिजालले बताउनु भयो ।
पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धानका लागि आइतबार जिल्ला अदालत झापाबाट म्याद थप गरेर ल्याएको बताइएको छ ।
पक्राउ परेका श्रेष्ठ सुरुङ्गाका सुन व्यवसायी भएको खुलेको छ भने बाँकी दुईजना पनि नेपाल–भारत सिमानाकाबाट हुने मल लगायतको व्यापार व्यवसायमा संलग्न हुन सक्ने आशंका गरिएको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारप्रतिबन्धित भारतीय रुपैयाँसहित तीनजना पक्राउ, धेरै नोटमा एउटै नम्बर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img