
विर्तामोड २८ असार । बिर्तामोड नगरपालिकाको पाँचौं नगरसभा समापन भएको छ । असार १० गते सुरु भएको पाँचौं नगरसभाले प्रस्तावित १ अर्व १५ करोड ४ लाख ८८ हजार ब्यय हुने गरीको बजेट पारित गरेको छ । जस अन्तरगत चालु खर्च ३९ करोड ८१ लाख ८६ हजार र पूँजीगत खर्च ५८ करोड २३ लाख २ हजार र सामाजिक सुरक्षा बापत १७ करोडको खर्च हुनेछ ।
नगरप्रमुख ध्रुबकुमार शिवाकोटीको अध्यक्षतामा सम्पन्न नगरसभामा उपप्रमुख पबित्रादेबी महतारा प्रसाईले सो वरावरको बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।असार २८ गते सम्पन्न भएको नगरसभामा प्रस्ताबित बजेट, नीति, कार्यक्रम माथि १० बटै बडाका अध्यक्षहरुले आ–आफ्नो वडाको बजेट सिलिङ प्रस्तुत गर्दे आफ्नो वडाको विकासका योजना पेश गरेका थिए । यसैगरी नगरसभामा बिभिन्न समितिका संयोजकहरुले समितिका तर्फबाट सुझाब पेश गरेका थिए ।
बिर्तामोड नगरपालिकाले प्रत्येक बडालाई १ करोडको सिलिंग दिएको थियो । सो सिलिङ अन्तरगत रहेर बडाले बजेट पेश गरेको नगरपालिकाका प्रेस संयोजक तीर्थ सिग्देलले जानकारी दिनुभयो ।

































































































