HomeसमाचारToday Top 5 News

Today Top 5 News

प्रतिबन्धित भारतीय नोटसहित पक्राऊ तीनजना सार्वजनिक

झापा २८ असार । इलाका प्रहरी कार्यालय विर्तामोडले प्रतिबन्धित भारतीय ५०० सयका नोटसहित नियन्त्रणमा लिएका तीनजनालाई सार्वजनिक गरेको छ ।
प्रहरीले कनकाई नगरपालिका वडा नं ५ का मौसम श्रेष्ठ, सोही नगरपालिका वडा नं.–४ का खुर्सैद आलम र झापा गाउँपालिका वडा नंं–५ का एराजुल हकलाई शनिबार २८८ वटा प्रतिबन्धित ५ सय दरका भारतीय नोट (भारु १ लाख ४४ हजार) साथै २० हजार ५ सय नेपाली रुपैयाँसहित ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो । उनीहरुमाथि थप अनुसन्धानका लागि जिल्ला अदालत झापाबाट म्याद थप गरिएको इलाका प्रहरी कार्यालय विर्तामोडका प्रमुख मुकुन्द रिजालले बताउनु भयो ।

नेपालमा फेरी सलहको प्रवेश

झापा २८ असार । आइतबार विहान दाङको गढवा गाउँपालिका हुँदै एउटा र दिउँसो राप्ती नगरपालिका हुँदै अर्को गरी दुई झुण्ड सलह नेपाल प्रवेश गरेको प्लान्ट क्वरेण्टीन तथा विषादी व्यवस्थापन केन्द्रका सूचना अधिकारी रामकृष्ण सुवेदीले जानकारी दिनु भएको छ ।
बिहान केहीबेर घाम लागेको बेला नेपाल छिरेको सलहको झुण्ड दाङमा स्थानीयबासीन्दाले धपाएपछि प्युठान र स्याङ्जातर्फ लागेको भएपनि कहाँ पुग्यो भन्ने एकिन नभएको सुवेदीले बताउनु भयो । आएका झुण्डको साथै थप झुण्डसमेत नेपाल आउन सक्ने सम्भावना रहेकोले प्रदेश नम्बर ५, २ तथा १ का तराई र मध्य पहाडी क्षेत्रहरुमा पनि सतर्कता अपनाउन केन्द्रले आग्रह गरेको छ ।

बाढीबाट विस्थापित, डुवान र कटान

झापा २८ असार । शनिबार रातिदेखिको अविरल वर्षाले झापा लगायत झापासहित पूर्वको जनजीवन प्रभावित भएको छ ।
कनकाई नदीमा आएको बाढीका कारण झापाका विभिन्न ठाउँका केही परिवार विस्थापित भएका छन् भने धेरै ठाउँमा डुवान र कटान भएको स्थानीयले बताएका छन् । कनकाईको भङ्गालो शिवसताक्षी ६ को बस्तीमा १५ घर विस्थापित हुनुका साथै १ सय ५० घर जोखिममा परेको शिवसताक्षी रेडक्रस सभापति नारायण दाहालले जानकारी दिनुभयो ।
झापा गाउँपलिका १ को मिलनबस्ती र पूर्वटोलमा पस्दा ४० घर डुबानमा परेका छन्। वडाध्यक्ष राजकुमार यादवका अनुसार दुई वर्ष अघि बाँधिएको बाँधमा कटान सुरु भएको छ। पश्चिमतर्फबाट बगेको माई नदी धार परिवर्तन गरी पूर्वतर्फ बगेपछि बाँध कटान भएको हो।
उता भद्रपुर नगरपालिका ३ का हिरण राई बेपत्ता भएका छन् । शनिबार भद्रपुर ३ नाउँघाटस्थित मेची खोलामा उनी बेपत्ता भएका हुन्।

घरेलु मैदानमा लिभरपुललाई रोक्यो बर्नलीले

एजेन्सी । घरेलु मैदानमा एक गोलको अग्रता जोगाउन नसक्दा इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल बराबरीमा रोकिएको छ । हिजो भएको खेलमा लिभरपुल बर्नलीसँग १–१ गोलको बराबरीमा रोकिएको हो ।
खेलको ३४ औं मिनेटमा एन्ड्रयु रोबर्टसनले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । तर, दोस्रो हाफमा बर्नली खेलमा फर्कियो । खेलको ६९ औं मिनेटमा इन्रिके रोड्रीग्वेजले गोल गर्दै बर्नलीलाई १–१ गोलको बराबरीमा फर्काए । यससँगै लिभरपुल सन् २०१९ को जनवरीपछि पहिलो पटक घरेलु मैदानमा जित निकाल्न असफल भएको छ । बराबरीपछि लिभरपुलले ३५ खेलमा ९३ अंक जोडेको छ ।

अमिताभका बाबु छोराकै दोस्रो रिपोर्ट पनि पोजेटिभ

बलिउडका अभिनेता अमिताभ बच्चन र उनका छोरा अभिशेकको कोरोना भाइरस दोस्रो रिपोर्ट पनि पोजेटिभ आएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। तर बच्चनपत्नी जया, उनकी बुहारी ऐश्वर्या र नातिनी आरोध्याको रिपोर्ट भने नेगेटिभ आएको जनाइएको छ। त्यस्तै अर्का पाका अभिनेता अनुपम खेरको परिवारमा पनि कोरोना भेटिएको छ। उनकी आमा र भाइमा पनि कोरोना देखिएको छ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारToday Top 5 News
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img