सुनसरी २६ असार । जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले ठूलो परिमाणमा लागुऔषध सहित ७ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरी कोशी गाउँपालिका–४ लौकहीका पंकज यादव, कोशी गाउँपालिका–६ श्रीपुरका सुनिल कुमार मुखिया सोही स्थानका सुनिल कुमार यादब ,कोशी गाउँपालिका-६ कै बिरेन्द्र मरवैता यादब, बराहाक्षेत्र–१ चतराका राजु शर्मा, वराहाक्षेत्र ९ प्रकाशपुरका खेमप्रसाद लुईटेल र भारत सपौल ग्राम पंचायत बिरपुरका शिबु भनिने राकेशकुमार मण्डल रहेका छन । हिजो दिउँसो साढे १२ बजे कोशी कटान एरियाबाट को १० प ९३३२ नम्बरको मोटरसाईकलमा आएका सुनिलकुमार मुखियालाई नियन्त्रणमा लिइसंगै थप अनुसन्धान गर्ने क्रममा अन्य ६ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । पक्राउ परेका हरुको साथबाट ३२६ बोतल डाईलेक्स डि.सी., स्पास्मो पोक्सिवन १८७२ क्याप्सुल र अर्को १ थान मोटरसाईकल समेत फेला पारी बरामद गरिएको उक्त कार्यालयले जनाएको छ ।



















