Homeसमाचारपीसीआरका लागि सहयोग गर्ने झापाका पालिकाहरुको प्रतिबद्धता

पीसीआरका लागि सहयोग गर्ने झापाका पालिकाहरुको प्रतिबद्धता

झापा २६ असार । एकका लागि एक अभियानको अगुवाईमा सरकार–समुदाय–सहकारी अभियानको साझेदारीमा झापामा पीसीआर ल्याव स्थापनाका लागि जिल्लास्थित नगर तथा गाउँपालिकाले सहयोग गर्ने सामुहिक प्रतिबद्धता जनाएका छन् ।
कनकाई नगरपालिकाको कोटीहोमस्थित समर्पण राष्ट्रिय अभियानको भवनमा ल्याव स्थापनाका लागि भइरहेको निर्माण कार्यको शुक्रबार अवलोकनपछि भएको छलफलमा पालिकाका प्रमुख, उपप्रमुख तथा प्रतिनिधिहरुले त्यस्तो प्रतिबद्धता जनाएका हुन् ।
अभियानका संयोजक महेन्द्रकुमार गिरीको अध्यक्षतामा भएको छलफलमा उहाँले पीसीआर ल्यावको सम्पूर्ण तयारी पूरा गरी साउन पहिलो हप्ताबाट सञ्चालनमा आउने गरी प्रदेश सरकारलाई हस्तान्तरण गरिने बताउनु भयो । गिरीले नागरिक समाज, सरकार र सहकारी अभियानको साझेदारीको नमूनाको रुपमा सञ्चालनमा आउने ल्यावका लागि झापाका पालिकाहरुसँग सहयोगको आह््वान गर्नुभयो ।
छलफलमा सहभागी पालिकाका प्रमुख तथा प्रतिनिधिहरुले आफ्ना पालिकाको तर्फबाट आर्थिक सहयोग ,सहकार्य र समन्वय गर्ने प्रतिबद्धता जनाए । कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले पूर्ण तयारी गरी प्रदेश सरकारलाई हस्तान्तरण गरिने ल्याव सञ्चालन तथा व्यवस्थापनको आवश्यक जिम्मेवारी लिन स्थानीय सरकार तयार रहेको जनाउँनु भयो ।
प्रदेश सरकारले मेची अञ्चल अस्पतालको मातहतमा रहने गरी कोटीहोममा पीसीआर ल्याव सञ्चालन गर्ने बताइएको छ ।
बिर्तामोड नगरपालिकाकी कार्यवाहक प्रमुख पवित्रा महतारा प्रसाईं, शिवसताक्षी नगरपालिकाकी उपप्रमुख भोजकुमारी नेपाल, कनकाई नगरपालिकाकी उपप्रमुख मञ्जु प्रसाईं , झापा गाउँपालिकाका अध्यक्ष जयनारायण साह, बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष रमेशकुमार भुजेल, बाह्रदशी गाउँपालिकाका प्रमुख प्रकाशकीय अधिकृत राजेन्द्र दाहालले आफ्नो पालिकाका तर्फबाट उक्त कार्यका लागि आवश्यक सबै सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।
अभियानले शुक्रबार पहिलोचरणमा झापाका नौ पालिकासँग छलफलको आयोजना गरेको थियो । छलफलका क्रममा मेचीनगरका प्रमुख विमल आचार्य, अर्जुनधाराका प्रमुख हरिकुमार राना, बाह्रदशी गाउँपालिकाका अध्यक्ष खड्गप्रसाद राजवंशी, हल्दिबारी गाउँपालिकाका अध्यक्ष रवीन्द्र लिङ्देनले अभियानकर्मीसँगको टेलिफोन संवादमा आफ्नो पालिकाको तर्फबाट समेत महत्वपूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाए ।
छलफलको संयोजन संवाद समूह झापा र कनकाई नगरपालिकाले गरेको थियो । कार्यक्रममा अभियानका सहसंयोजक विनोद बस्नेतले धन्यवाद ज्ञापन गर्नुभएको थियो । पीसीआर ल्यावको प्राविधिक पक्षबारे नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकाल र बिर्तामोड उपशाखाका सभापति सजेश शिवाकोटीले जानकारी गराउनु भयो ।
छलफलमा सहभागी पालिकाका प्रमुख तथा प्रतिनिधिहरुले जतिसक्दो छिटो पीसीआर स्थापना गरी झापामा नै कोरोना भाइरस परीक्षणको काम थाल्न जोड दिएका थिए । छलफलमा अभियानका सदस्य तथा सहभागीका तर्फबाट कुमार भट्टराई, मदनगोपाल सुब्बा, गोपाल ओली, लीला चिमरिया, कुमारमणि पोखरेल, शिव कँडेल, केदार गिरी, अर्जुन चुडाल, ख्याम ओली, नारायण ओली, गजेन्द्र पौडेल लगायतले पालिकाहरुबाट भएको सहयोगको घोषणाले अभियानमा थप उत्साह प्राप्त भएको बताएका थिए । छलफलको सहजीकरण पत्रकार महासंघ झापाका उपाध्यक्ष एकराज गिरीले गर्नुभयो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारपीसीआरका लागि सहयोग गर्ने झापाका पालिकाहरुको प्रतिबद्धता
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img