Homeसमाचारमहिला चेम्बर अफ कमर्सद्वारा मास्क वितरण

महिला चेम्बर अफ कमर्सद्वारा मास्क वितरण

झापा २६ असार । कोरोना भाइरस (कोभिड–१९) बाट बच्नका लागि सरकारले मास्क अनिवार्य भनेपनि सडकमा मास्क नलगाई हिड्ने क्रम नरोकिएपछि झापाको विर्तामोडमा महिला चेम्बर अफ कमर्स झापाले सडकमा हिड्ने यात्रुलाई निःशुल्क मास्क वितरण गरेको छ ।
मास्कको प्रयोगबारे सचेतना जगाउने उद्देश्यले माक्स नलगाई सडकमा हिड्ने सबैलाई माक्स वितरण गरिएको महिला चेम्बर अफ कमर्सका झापा अध्यक्ष प्रेमा भट्टराईले जानकारी दिनुभयो ।
महिला चेम्बर अफ कमर्सका जिल्ला अध्यक्ष प्रेमा भट्टराईको अध्यक्षता तथा विर्तामोड नगरपालिका वडा नं.–५ का वडाध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि लिङ्देन, विशेष अतिथिहरु चेम्बर अफ कमर्स झापाका अध्यक्ष ओमकृष्ण विमली, इलाका प्रहरी कार्यालय विर्तामोडका प्रमुख मुकुन्द रिजाल लगायतले मन्तव्य राख्दै स्वास्थ्यसंग जोडिएको विषयमा सबैले सचेत हुनुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रमको औचित्यमाथि आयोजक संस्थाका अध्यक्ष भट्टराईले प्रकाश पारेको कार्यक्रमको सञ्चालन महासचिव शर्मिला शाक्यले गर्नु भएको थियो ।
महिला चेम्बर अफ कमर्शको आयोजनामा चेम्बर अफ कमर्स, इलाका प्रहरी कार्यालय विर्तामोड र जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले संयुक्त रुपमा पैदल यात्रुका साथै सवारी साधनमा मास्क नलगाई हिड्ने ८०० बढी यात्रुलाई मास्क वितरण गरिएको बताइएको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारमहिला चेम्बर अफ कमर्सद्वारा मास्क वितरण
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img