झापा २७ असार । खोलाले बगाएर झापामा एक बालिकासहित दुई जनाको ज्यान गएको छ ।
ज्यान गुमाउनेमा संखुवासभा घर भई हाल दमक १० स्थित मामा घर बस्दै आएकी एलिजा न्यौपाने र चुलाचुली–१ इलामका अञ्चल लावती रहेको इलाका प्रहरी कार्यालय दमकका डिएसपी श्यमल सुब्बाले जानकारी दिनुभयो ।
सुब्बाका अनुसार कमल खोलाले बगाएर वेपत्ता भएका चुलाचुली गाँउपालिका– १ का ५१ बर्षिय लावतीको शव शुक्रवार अवेर कमल गाँउपालिका–२ भालु गाँउस्थित कमल खोलामा भेटिएको थियो ।
यसैगरि बालिका न्यौपानेको स्थानीय मामा खोलाले बगाएर मृत्यु भएको बताइएको छ ।
यता झापाको मेचीनगर १४ दुवागढीका सुकुल हास्दा स्थानीय फुलवासा खोलाले बगाउँदा वेपत्ता भएका छन् । हास्दालाई खोला तर्ने क्रममा खोलामा आएको बाढीले बगाएको थियो ।
त्यस्तै झापाको सुरुङ्गास्थित सुकेडाँगी सामुदायिक बनमा कनकाई–७ का २८ वर्षिय डिल्लीराम गौतम मृत फेला परेका छन् ।
मृत्युको कारण खुल्न नसकेका गौतमको शव शुक्रबार स्थानीयले वन क्षेत्रमा देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
खोलाले बगाएर दुईको मृत्यु एक वेपत्ता

































































































