Homeसमाचारसबै जिल्लामा पुग्यो कोरोना, २८ को मृत्यु, १२ हजार ३०९ संक्रमित

सबै जिल्लामा पुग्यो कोरोना, २८ को मृत्यु, १२ हजार ३०९ संक्रमित

झापा १३ असार । कोरोना भाइरस संक्रमण ७७ वटै जिल्लामा देखिएको छ । हिजोसम्म ७६ वटा जिल्लामा मात्र देखिएको कोरोना भाइरसबाट संक्रमित हुनेमा ७७ वटै जिल्लाका रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जनाउनु भएको छ ।
बाग्मती प्रदेशको रसुवा जिल्लामा पनि कोरोना संक्रमित देखिएपछि शनिबारदेखि सबै जिल्लामा कोरोनाको संक्रमण देखिएको हो ।
गएको २४ घण्टामा देशभरमा ५५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै देशभर संक्रमितको संख्या १२ हजार ३०९ पुगेको छ ।
कोरोनाबाट २८ जनाले ज्यान गुमाएका छन् । शनिवार (आज) कैलाली जिल्लाको गोदावारी नगरपालिका वडा नं.–७ का ५० वर्षिय पुरुषको ज्यान गएसंगै मृतकको संख्या २८ पुगेको हो । भरतपुर अस्पतालको आइसोलेसन कक्षमा उपचाररत ती पुरुषमा असार ११ कोरोना संक्रमण पुष्टि भएको थियो मन्त्रालयको प्रवक्ता गौतमले जानकारी दिनुभयो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारसबै जिल्लामा पुग्यो कोरोना, २८ को मृत्यु, १२ हजार ३०९ संक्रमित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img